नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०२-२७
- A
- A-
- A+
कपिलवस्तु, वाणगंगा नगरपालिका-५ कोपवाबाट नियन्त्रित लागूऔषध २४ क्याप्सुल स्पास्मो र ३३ क्याप्सुल नाइट्राभेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वाणगंगा नगरपालिका-५ कोपवा बस्ने ३२ वर्षीय संजय बानिया र सोही नगरपालिका-५ मधौली बस्ने २१ वर्षीय राहुल पौडेल रहेका छन् । कोपवा बजारबाट पदैल आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कोपवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।