प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अभौतिक मुद्राको कारोबारमा संलग्न व्यक्ति पक्राउ

२०८२-१२-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने बंगलादेश पाबना घर भएका २९ वर्षीय MD SHEHABUL ISLAM लाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले ३० लाख ४९ हजार ७ सय ३६ रूपैयाँ ९३ पैसा बराबरको USDT लगायत अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ । साथै प्रहरीले उनको साथबाट नगद ६० हजार रूपैयाँ, सिमकार्ड ९ थान, मोबाइल २ थान, विभिन्न बैंकको एटिएम ७ थान, विभिन्न बैंकको चेकबुक ३३ थान लगायतका सरसामान समेत बरामद गरेको छ । 

उनी उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०४-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-८ घर भएका ३० वर्षीय करण ऐर, काठमाडौं माहनगरपालिका-१२ बस्ने बुढानिलकण्ठ नगरपालिका-१३ घर भएकी ३० वर्षीया सुनिता श्रेष्ठ, भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने मोरङ बेलबारी नगरपालिका-२ घर भएका ३६ वर्षीय प्रेम पुरी, काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ घर भएका ४२ वर्षीय अच्युत दुलाल र काठमाडौं महानगरपालिका-२८ बस्ने कालिकोट खाँडाचक्र नगरपालिका-२ घर भएका ३५ वर्षीय बिर्ख बहादुर विक रहेका छन् । पक्राउ मध्ये करणले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, सुनिताले युरोप पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, प्रेमले जापान पठाइदिन्छु भन्दै १ सय १४ जना पीडितहरूबाट २ करोड २५ लाख रूपैयाँ, अच्युतले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख रूपैयाँ र बिर्खबहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले करण र सुनितालाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार, अच्युतलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बाट आइतबार,  बिर्खबहादुरलाई काठमाडौं महानगरपालिका-१६ बाट शनिबार र प्रेमलाई काठमाडौं महानगरपालिका-३ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरूपयोग गर्ने व्यक्ति पक्राउ
२०८३-०४-२६

काठमाडौं, अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२२ बस्ने रौतहट चन्द्रपुर नगरपालिका-२ घर भएका २९ वर्षीय दिपेन्द्र कर्माचार्यलाई शुक्रबार प्रहरीले पक्राउ गरेको  छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२२ टेवहालबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल सरकारको स्विकृती नलिई आर्थिक लाभ लिने उद्देश्यले सर्वसाधारणलाई झुक्यानमा पारी नेपाल सरकारबाट मान्यता प्राप्त जिपिएस ट्रर्‍याकर डिभाइस रहेको भनि झुठ्ठा प्रचार प्रसार गरी व्यवसायिक प्रयोजनको लागि चीनबाट आयात हुने जिपिएस ट्रर्‍याकर डिभाइसमा नेपाल सरकारको निशान छाप राख्न लगाई, निशान छापको दुरूपयोग गरी जिपिएस ट्रर्‍याकर बिक्री वितरण गरेको खुल्न आएको छ । प्रहरीले उनको साथबाट नेपाल सरकारको निशान छाप अंकित ५२ थान जिपिएस ट्रर्‍याकर डिभाइस बरामद गरेको छ । उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२६

काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने मोरङ उर्लाबारी नगरपालिका-५ घर भएका ४५ वर्षीय गोविन्द खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौं बरमहलको २०८० माघ ११ गतेको फैसलाले उक्त मुद्दामा २ करोड ५३ लाख १ हजार ९ सय १८ रूपैयाँ विगो वापत २ वर्ष कैद र २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-४ जावलाखेलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बरमहलमा उपस्थित गराइएको छ । 

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८३-०४-२५

काठमाडौं महानगरपालिका-२६ बाट स्रोत नखुलेको नगद १९ लाख ९४ हजार रूपैयाँ सहित सोही महानगरपालिका-१० बानेश्वर बस्ने स्याङ्जा वालिङ नगरपालिका-६ घर भएका ४१ वर्षीय ईश्वर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त दरबार्मार्गबाट खटिएको प्रहरीले केशरमहलतर्फ आउँदै गरेको बा.प्र ०२-०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२८ कमलादी गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ४ लाख ८ हजार रूपैयाँ सहित कठमाडौं कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ
२०८३-०४-२५

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा धनौजी गाउँपालिका-५ ठेगाना भएका मो. ताहिर राईन पक्राउ परेका छन् । एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार बिहान नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८३ साउन १२ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।