प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लिखत सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ

२०८३-०२-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं, लिखत सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ बस्ने पर्सा वीरगंज महानगरपालिका-९ घर भएका ५३ वर्षीय सुबोध कुमार शुक्ललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल संस्कृत विश्वविद्यालय बाल्मीकि विद्यापिठको नक्कली सिफारिश पत्र, बाल्मीकि विद्यापिठको नाममा विदेशी नागरिकहरूबाट शुल्क लिई काटिएको आम्दानी रसिद लगायतका कागजातहरू तयारको खुल्न आएको छ । उनको साथबाट चिन, ताइवान लगायका मुलुकहरूका नागरिकहरूको राहदानी ६ थान, नक्कली आम्दानी रसिद ३ थान, अमेरिकन डलर ३ सय, १४ हजार ६ सय ३० भारतीय रूपैयाँ, १ लाख ६४ हजार नेपाली रूपैयाँ र खाली लेटरप्याड १० पाना समेत प्रहरीले बरामद गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


सम्बन्धित समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२९

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ गठ्ठाघर बस्ने ललितपुर घर भएका ४६ वर्षीय प्रदिप कुमार गौतम र काठमाडौं कीर्तिपुर नगरपालिका-३ बस्ने धादिङ घर भएका ६५ वर्षीय राम कुमार थापा रहेका छन् ।उच्च अदालत ललितपुरबाट २०७९ फागुन १२ गते बैंकिङ कसुर मुद्दामा १२ दिन कैद र ३५ लाख ६० हजार जरिवाना सजाय ठहर भई फरार रहेका प्रदिप कुमारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ महादेवस्थानबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भई फरार रहेका राम कुमारलाई किर्तिपुर नगरपालिका-३ बाट प्रहरीले पक्राउ गरेको हो ।पक्राउ मध्ये प्रदिप कुमारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ भने राम कुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने सुर्खेत घर भएका ३४ वर्षीय सुनिल पौडेल, भक्तपुर नगरपालिका-१ बस्ने सिन्धुपाल्चोक घर भएका २२ वर्षीय अनुप भण्डारी, ललितपुर महानगरपालिका-१५ बस्ने जाजरकोट घर भएकी ३४ वर्षीया कबिता सिंह र काठमाडौं चन्द्रागिरी नगरपालिका-११ बस्ने धादिङ घर भएका २५ वर्षीय बिशु राई रहेका छन् । पक्राउ मध्ये सुनिलले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख १७ हजार रूपैयाँ, अनुपले कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख ५० हजार रूपैयाँ, कबिताले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७२ हजार रूपैयाँ र बिशुले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई बुढानिलकण्ठ नगरपालिका-९ र अनुपलाई काठमाडौं महानगरपालिका-११ बाट बिहीबार तथा कबितालाई ललितपुर महानगरपालिका-१५ बाट र बिशुलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०२-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बस्ने दोलखा शैलुङ गाउँपालिका-२ घर भएकी ४५ वर्षीया रूकु कुमारी श्रेष्ठ र काठमाडौं टोखा नगरपालिका-६ बस्ने मोरङ उर्लाबारी नगरपालिका-६ घर भएका ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका छन् ।  पक्राउ मध्ये रूकु कुमारीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख रूपैयाँ र शैलेन्द्रले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रूकु कुमारीलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ बाट र शैलेन्द्रलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२८

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ घर भएका ५२ वर्षीय प्रशान्त राम नकर्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८२ मंसिर १० गतेको फैसलाले उक्त मुद्दामा ७ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।