अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-०३
- A
- A-
- A+
काठमाडौं, दक्षिणकाली नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ८९ एम्पुल, फेनारगन ३ सय ६९ एम्पुल र नुफिन ३ सय ९० एम्पुल सहित भारत मोतिहारी बिजबानी-९ पिएस जितना बिजबानी पूर्वी चम्पारण बिहार बस्ने १९ वर्षीय प्रभु रामलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २८७९ नम्बरको टाटा सुमोलाई ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ को कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
कैलाली, बर्दगोरिया गाउँपालिका-२ बौनिया गाउँबाट १ ग्राम २ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित लम्कीचुहा नगरपालिका-१० बस्ने २५ वर्षीय बशन्त डगौरालाई सोमबार साँझ ईलाका प्रहरी कार्यालय सडकपुरको प्रहरीले पक्राउ गरेको छ ।
धादिङ, गजुरी गाउँपालिका-६ मिलनटारबाट सोही गाउँपालिका-८ बस्ने ४० वर्षीय होम बहादुर तामाङलाई ४ किलोग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ र गजुरी गाउँपालिका-६ गौरीभञ्ज्याङबाट सोही गाउँपालिका-८ पर्बाङ बस्ने २८ वर्षीय तुलाराम तामाङलाई ४ किलोग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरी र अस्थाई प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-४ नमुना चोकबाट ४ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बेलका नगरपालिका-६ बस्ने ३५ वर्षीय बिनेश राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रामपुरबाट फतेपुरतर्फ जाँदै गरेको स.३ प ३६०३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१७ विरौटाबाट करिब ६ सय ग्राम अवैध लागूऔषध गाँजा सहित स्याङ्जा पुतलीबजार नगरपालिका-४ बस्ने २० वर्षीय सन्दिप थापा लगायत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ग.१० प २२२४ नम्बरको स्कुटरलाई प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट ३ ग्राम ३ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बाँसगढी नगरपालिका-३ बस्ने २६ वर्षीय उमेश खत्री लगायत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नहद १० हजार १ सय २० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१ छप्कैयाबाट करिब १ किलोग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित सोही महानगरपालिका-१ छप्कैया बस्ने ६५ वर्षीया सुनैना साह लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी छप्कैया र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सुनैना साहको घरको ट्वाईलेटको ट्याङ्कीमा लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।