अवैध लागूऔषध सहित पक्राउ
२०७९-०७-२४
- A
- A-
- A+
कञ्चनपुर, बेलौरी नगरपालिका-४ बुटाबारीबाट अवैध लागूऔषध खैरो हेरोन जस्तो देखिने पदार्थ ३ ग्राम २१ मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बझाङ जयपृथ्बी नगरपालिका-८ सिलाखेती बस्ने २३ वर्षीय उमेश धामी र सोही ठाउँ बस्ने १९ वर्षीय महेश धामी रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१-००९ प ६५०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक उमेश र मोटरसाइकलमा सवार महेशलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।