“नवौं राष्ट्रिय खेलकुद-२०७९” मा नेपाल प्रहरीका ४ सय ९५ खेलाडीहरू सहभागी
२०७९-०६-२८
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय खेलकुद परिषदको आयोजनामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने “नवौं राष्ट्रिय खेलकुद -२०७९” मा २९ खेलमा नेपाल प्रहरीका ४ सय ९५ जना खेलाडीहरू सहभागी रहेका छन् ।
पोखरास्थित रंगशालामा शुक्रबार आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुनले “नवौं राष्ट्रिय खेलकुद-२०७९”को औपचारिक रूपमा उद्घाटन गर्नुभएको छ । उक्त खेलकुदमा नेपाल प्रहरीको तर्फबाट १९८ महिला खेलाडी र २९७ पुरुष खेलाडी गरी ४ सय ९५ जना खेलाडी र ९२ जना अफिसियल गरी कूल ५ सय ८७ जना खेलाडी तथा अफिसियलहरूको सहभागिता रहेको छ ।
“नवौं राष्ट्रिय खेलकुद -२०७९” अन्तर्गत विभिन्न प्राविधिक कारणले पुरुष क्रिकेट खेल २०७९ भदौ २३ गतेदेखि ३१ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा सञ्चालन भई नेपाल प्रहरीले पहिलो स्वर्ण पदक प्राप्त गरिसकेको छ ।