प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तेस्रो जितसँगै नेपाल प्रहरीको महिला क्रिकेट टिम सेमिफाइनलमा

२०७९-०६-२८

  • A
  • A-
  • A+
Share

कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत शुक्रबार भएको महिला २०-२० क्रिकेट खेलमा नेपाल पुलिस क्लब तेस्रो खेलमा पनि विजय भएको छ । ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार बनाएको थियो । जवाफी ब्याटिङमा आएको लुम्बिनी प्रदेशले १२.५ ओभरमा १० विकेटको क्षतिमा १५ रन मात्र बनाएको थियो । 

प्रतियोगिता अन्तर्गत ब्याटिङतर्फ नेपाल पुलिस क्लबकी काजल श्रेष्ठले १ रन, रुबिना क्षेत्रीले ५ रन, सम्झना खड्काले २९ रन, अप्सरी बेगमले १० रन, सोभा रोकायले १ रन, कविता जोशीले ४८ रन, ईश्वरी विष्टले १ रन र सबनम राईले २ रन जोडेका थिए भने अतिरिक्त १५ रन प्राप्त भएको थियो । बलिङतर्फ नेपाल पुलिस क्लबकी ईश्वरी विष्टले ४ विकेट, हिरुमई राय र रूबिना क्षेत्रीले समान २ विकेट र सबनम राईले १ विकेट लिएका थिए ।  खेलमा ४८ रन बनाएकी नेपाल पुलिस क्लबकी कविता जोशी प्लेयर अफ द म्याच घोषित भइन् ।

जितसँगै नेपाल प्रहरीको महिला क्रिकेट टिम समूह 'बी' मा ६ अंक सहित समूह विजेता बन्दै सेमिफाइनममा प्रवेश गरेको छ । नेपाल प्रहरीको महिला क्रिकेट टिमले असोज ३१ गते समूह 'ए'को उपविजेतासँग सेमिफाइनल खेल खेल्नेछ । 


सम्बन्धित समाचार
पोखरातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३३ जना घाइते
२०८०-०८-१३

तनहुँ, ब्यास नगरपालिका-१२ घाँसीकुवामा बुधबार बिहान बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३३ जना घाइते भएका छन् । मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।मृत्यु हुनेहरूमा धनकुटा सागुरीगढी गाउँपालिका-९ बस्ने ४५ वर्षीय हस्त राई र  अन्दाजी ५५ वर्षीय पुरूष रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र पुरूषको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  अन्य घाइतेमध्ये ५ जनाको दमौली अस्पताल र १९ जनाको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने ९ जनालाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । १ जना घाइते उपचार पश्चात डिस्चार्ज भएका छन् ।  दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

मानवसेवा आश्रममा आश्रित परिवारलाई न्यानो कपडा बितरण
२०८०-०७-२२

मोरङ, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले बिराटनगर महानगरपालिका-१० स्थित मानवसेवा आश्रममा आश्रित परिवारहरुलाई न्यानो कपडा बितरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोलाले बुधबार आयोजित कार्यक्रममा आश्रममा रहेका १० जना बालबालिकासहित ७० जनालाई न्यानो कपडा बितरण गर्नुभएको हो । जाडो मौसमलाई लक्षित गरी आश्रित परिवारलाई न्यानो कपडा बितरण गरिएको हो । सो अवसरमा संघकी प्रदेश अध्यक्ष बास्तोलाले आश्रमका महिलाहरुसँग कुराकानीसमेत गर्नुभएको थियो । सेवा नै धर्म हो भन्ने भावनाका साथ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले मानव सेवा सम्बन्धी विभिन्न परोपकारी कार्यहरु निरन्तररुपमा संचालन गर्दै आइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

प्रहरी चौकी बरौला प्युठानलाई करिब ५ रोपनी जग्गा नि:शुल्क हस्तान्तरण
२०८०-०७-२१

प्युठान, ऐरावती गाउँपालिका-२ स्थित प्रहरी चौकी बरौला प्युठानको नाममा स्थानीय तीन जना जग्गादाताबाट नि:शुल्क प्राप्त ५ रोपनी ३ आना १ पैसा १ दाम जग्गा हस्तान्तरण गरिएको छ । ऐरावती गाउँपालिका-४ बस्ने ५४ वर्षीय रेशम बहादुर जिसीबाट २ रोपनी, ४७ वर्षीय दामोदर ज्ञवालीबाट २ रोपनी र ४६ वर्षीय दुर्गा बहादुर जिसीबाट १ रोपनी ३ आना १ पैसा १ दाम जग्गाको धनीपूर्जा जिल्ला प्रहरी कार्यालय प्युठानमा सोमबार आयोजित कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले समाजकै बिचमा प्रहरी कार्यालय रहेमा सेवा प्रवाहमा चुस्तता आउने धारणा व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले प्रहरी चौकीलाई जग्गा प्रदान गरेकोमा जग्गादाता र परिवारजनलाई धन्यवाद ब्यक्त गर्नुका साथै खादा ओढाई सम्मान गर्नुभएको थियो । साथै जग्गा दाताहरुको तर्फबाट दुर्गा बहादुर जिसीले समुदाय र प्रहरीको सम्बन्ध प्रगाढ बनाउन जग्गा दान गर्न उत्साहित भएको र यसबाट भावि सन्ततिहरु समेत लाभान्वित हुने अपेक्षा ब्यक्त गर्नुभएको थियो ।  

ईलाका प्रहरी कार्यालय चोप्राङ र बेथानको नवनिर्मित भवन उद्‍घाटन
२०८०-०७-२१

रामेछाप, ईलाका प्रहरी कार्यालय चोप्राङ र ईलाका प्रहरी कार्यालय बेथान रामेछापको नवनिर्मित कार्यालय तथा व्यारेक भवनहरू उद्‍घाटन भएको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले सोमबार आयोजित कार्यक्रमबीच दुवै भवनहरूको उद्‌घाटन गर्नुभएको हो । बागमती प्रदेश सरकारको बजेटबाट उक्त नवनिर्मित ईलाका प्रहरी कार्यालय चोप्राङ र ईलाका प्रहरी कार्यालय बेथान रामेछापको कार्यालय तथा व्यारेक भवनहरूको निर्माण सम्पन्न भएको हो । उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समिति रामेछापका उप-प्रमुख, खाँडादेवी र सूनापाती गाउँपालिकाका अध्यक्षहरू, बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख लगायतको उपस्थिति रहेको थियो । 

गएराति गएको भूकम्पमा परी १ सय ४३ जनाको मृत्यु, १ सय ६६ जना घाइते
२०८०-०७-१८

काठमाडौं, जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा गरी हालसम्म १ सय ४३ जनाको मृत्यु भएको छ । भूकम्पमा परी जाजरकोटमा १ सय ५ जना र रूकुम पश्चिममा ३८ जनाको मृत्यु भएको हो ।साथै भूकम्पमा परी जाजरकोटमा ८१ जना, रूकुम पश्चिममा ७९ जना, दैलेखमा ३ जना र जुम्लामा ३ जना गरी १ सय ६६ जना घाइते भएका छन् । घाइतेहरूको भेरी अस्पताल नेपालगंज, कर्णाली प्रादेशिक अस्पताल सुर्खेत, स्थानीय अस्पताल तथा शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । भूकम्प प्रभावित क्षेत्रमा तत्काल जिल्ला प्रहरी कार्यालयहरू जाजरकोट र रुकुम पश्चिम, कर्णाली प्रदेश प्रहरी कार्यालय तथा गण सुर्खेत, चौरजहारी बेस क्याम्प, सल्यान र सुर्खेत समेतबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्दार कार्य गरिरहेको छ भने नेपाल प्रहरी अस्पतालबाट चिकित्सक प्रहरी नायव महानिरीक्षकको नेतृत्वमा स्वास्थ्यकर्मी टोली परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको मेडिकल टिम, सशस्त्र प्रहरी बल नेपाल समेतबाट खटिएको टोलीले आवश्यक उद्दार कार्य गरिरहेको छ । साथै भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक सहयोग वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नका साथै इन्टरनेट Scammer वा Exploiter हरूबाट सावधान रहन समेत सबैमा नेपाल प्रहरी अनुरोध गर्दछ ।