लाईट स्टोन देखाई ठगी गर्ने तीन जना पक्राउ
२०८१-०२-२९
- A
- A-
- A+
भक्तपुर, लाईट स्टोन देखाई ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा भिमेश्वर नगरपालिका-६ घर भई काठमाडौं चन्द्रागिरी बस्ने ३७ वर्षीय अम्मर बहादुर तामाङ, नुवाकोट शिवपुरि गाउँपालिका-३ घर भई काठमाडौं सितापाईला बस्ने ४२ वर्षीय दिल बहादुर दमाई र नुवाकोट दुप्चेश्वर नगरपालिका-५ घर भई भक्तपुर दधिकोट बस्ने ३३ वर्षीय सुनिल तामाङ रहेका छन् ।
अमर बहादुरले आफूसँग लाईट स्टोन छ भन्दै लगानी गर्नु फाईदा हुन्छ भनि पीडितलाई प्रलोभन देखाई जेठ २१ गते भक्तपुर सूर्यविनायक नगरपालिका-४ तर्खाल चौर नजिकै बोलाएर १० लाख ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भक्तपुर बालकोटबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुरमा बुझाइएको छ ।