कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ
२०८१-०४-१५
- A
- A-
- A+
कैलाली, कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भजनी नगरपालिका-८ बस्ने ४७ वर्षीय लल्लन जागालाई वारदात घटनाको २० बर्ष पछि प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
२०६१ जेठ ३० गतेदेखि कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका लल्लनलाई ईलाका प्रहरी कार्यालय राजापुर बर्दियासँगको समन्वयमा बर्दिया मधुबन नगरपालिका-४ ढोडरी बजारस्थित बेलुवा चोकबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।