प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०८१-०९-०९

  • A
  • A-
  • A+
Share

भोजपुर, आमचोक गाउँपालिका-१० स्थित बाघताङ्ग जङ्गलबाट भरूवा बन्दुक १ नाल र सोही बन्दुकको ७ राउण्ड गोली सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१० खम्ब्याङ बस्ने ३० वर्षीय बुद्ध चन्द्र राई र २५ वर्षीय सुदिप राई रहेका छन् । इलाका प्रहरी कार्यालय बालंखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक र गोली सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार