प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ

२०८२-१२-२७

  • A
  • A-
  • A+
Share

सुनसरी, कोशी गाउँपालिका-८ भण्टावारीबाट स्रोत नखुलेको नगद ६ लाख ४८ हजार ७ सय १० नेपाली रूपैयाँ र १२ हजार ९ सय ५० भारतीय रूपैयाँ सहित २ शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका-५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमाननगर-१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०३-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२६ बस्ने बारा घर भएका ४१ वर्षीय गगन बहादुर स्याङतान, काठमाडौं महानगरपालिका-९ बस्ने सर्लाही घर भएका २८ वर्षीय निर्जल बस्नेत र काठमाडौं टोखा नगरपालिका-५ बस्ने दाङ घर भएका ३२ वर्षीय बल बहादुर चन्द ठकुरी रहेका छन् । पक्राउ मध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ४ लाख ३० हजार रूपैयाँ, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ९० हजार रूपैयाँ र बल बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गगन बहादुरलाई काठमाडौं महानगरपालिका-३ बाट बिहीबार तथा निर्जललाई ललितपुर महानगरपालिका-३ बाट र बल बहादुरलाई काठमाडौं महानगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो । पक्राउ मध्ये गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०३-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१० बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-१ घर भएका २३ वर्षीय सन्देश चौधरी, नवलपरासी पश्चिम देवचुली नगरपालिका-५ घर भएका ५३ वर्षीय भगवत प्रसाद थारू, ललितपुर, ललितपुर महानगरपालिका-२६ बस्ने चितवन भरतपुर महानगरपालिका-४ घर भएका ४० वर्षीया सरस्वती बारघरे र काठमाडौं महानगरपालिका-२९ बस्ने ३७ वर्षीय विकास दाहाल रहेका छन् । पक्राउ मध्ये सन्देशले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, भगवतले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख रूपैयाँ, सरस्वतीले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ र विकासले क्यानडा  पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ९२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्देशलाई काठमाडौं महानगरपालिका-३ बाट र भगवतलाई काठमाडौं महानगरपालिका-४ बाट बुधबार तथा सरस्वतीलाई ललितपुर महानगरपालिका-२६ बाट र विकासलाई काठमाडौं महानगरपालिका-६ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अमेरिकी डलर तथा सुनचाँदी जस्तो देखिने धातु सहित भारतीय नागरिक पक्राउ
२०८३-०३-११

काठमाडौं, काठमाडौं महानगरपालिका-२५ ठहिटीबाट अमेरिकी डलर तथा सुनचाँदी जस्तो देखिने धातु सहित सोही ठाउँ बस्ने भारत सांगली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भएका ३३ वर्षीय अमित इरगोन्डा घालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको ज्याठा ठहिटी एरियामा अवैध रूपमा विदेशी विनिमय अमेरिकी डलर र राजस्व छली गरी सुनचाँदीहरू ओसारपसार, भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमितलाई अमेरिकी डलर ३४ हजार ५ सय, नेपाली नगद ७ लाख ३० हजार रूपैयाँ, ७५ ग्राम तौलको सुन जस्तो देखिने धातुका विभिन्न टुक्राहरू १७ थान र २ किलो ६ सय ग्राम तौलको चाँदी जस्तो देखिने धातुका विभिन्न आकारको टुक्राहरू सहित पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।