प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रशासन विभाग - उद्देश्यहरू


  • यस प्रशासन विभागको कार्य उद्देश्यहरुमा निहीत रही आफ्नो लक्ष्य प्राप्‍ती गर्दछ ।
  • नेपालभरका प्रहरी कार्यालय संचालन एवं प्रहरी परिचालनका लागि आवश्यक बजेटको व्यवस्था र सोको कार्यान्वयन एवं अनुगमन गर्ने ।
  • नेपाल प्रहरीलाई आवश्यक प्रविधि पहिचान गर्ने, प्रहरी कर्मचारीलाई प्रदान गरिने पोशाक, प्रहरी परिचालनमा प्रयोग गरिने हातहतियार तथा असबाब आदि खरिद, भण्डारण, वितरण कार्यलाई प्रभावकारी ढंगबाट सम्पन्न गर्ने ।
  • देशभर स्थापित प्रहरी कार्यालयमा आवश्यक भौतिक पूर्वाधारको अवस्था स्थलगत रुपमा मुल्यांकन गर्ने, नयाँ निर्माणको प्राथमिकता निर्धारण गर्ने, गुणस्तरीय निर्माण कार्यको सुनिश्चितता गर्ने ।
  • आर्थिक प्रशासनलाई मितव्ययी तथा पारदर्शी तुल्याउने साथै लेखापरीक्षण तथा वेरुजु फर्छ्यौट कार्यलाई चुस्त बनाउने ।
  • नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको वृत्ति विकासका लागि उच्चतम रणनीतिहरु विकास गरी सो को कार्यान्वयन गर्ने ।
  • मुलत: शिक्षा, स्वास्थ्य, खेलकुद सहुलियत कर्जा आदि क्षेत्रहरुलाई लक्षित गरी प्रहरी कर्मचारी र तिनका परिवार सदस्य समेत लाभान्वित हुने गरी विभिन्न कल्याणकारी कार्यक्रमलाई संचालन गर्ने ।