प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०७।१४ गते २२:१५ बजे सम्म ।

२०८३-०७-१४

  • A
  • A-
  • A+
Share

१. जि. गोरखा आरुघाट गा.पा.२, ३ स्थित फलामे मोटरेवल पक्कि पुल बगाएको हुँदा सडक अबरोध भएको ।

मिति २०८३।०६।२५ गते ०५:३० बजेको समयमा जि.गोरखा चुमनुब्रि गा.पा.६ लोक्पा देखि चुम्लिङको बिचमा सिरिङ्गे हिमालमा हिमपहिरो गई स्थानिय उइनगुलुङ खोला थुनिन गई सोहि स्थान भएर बग्ने बुढिगण्डकी नदीमा बाढी आएको हुँदा आरुघाट गा.पा.२ र  ३ जोड्ने सोतिमा रहेको फलामे मोटरेवल पक्कि पुल बगाई बाटो पूर्ण रुपमा अवरोध भएको ।

२. बंगालको खाडिमा रहेको अर्नब चक्रवातको प्रभाबको कारण कार्तिक १२,१३ र १४ गते सबैजसो प्रदेश प्रभावित हुने पूर्वानुमान छ । उक्त चक्रवातको कारण चट्याङ र हावाहुरी सहित भारी बर्षा, उच्च पहाडी र हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम भएकोले उच्च सतर्कताका लागि अनुरोध ।

  • धाबबाली काट्ने, भित्र्याउने लगायतका कृषि कार्य १२ गते बिहिबार अगाडी नै गर्ने गराउने ।
  • पर्यटकहरु उच्च पहाडी र हिमाली क्षेत्रमा नजाने, गईसकेको भए उक्त अवधिभर सुरक्षित ठाँउमा रहने ।
  • आवश्यक परेमा सवारी आवगमन बन्द गर्ने, गराउने ।  सवारी आवगमन बन्द गर्नु पूर्व सोको अग्रिम जानकारी सर्वसाधारण सम्म पुर्‍याउने व्यवस्था मिलाउने ।

  • सडक तथा हवाई यातयात लगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउने । सो अवधिभर अत्यावश्यक नपरी यात्रा नगर्ने, नगराउने ।

३. जि. मकवानपुरकान्तिलोकपथ सडक खण्ड अन्तरगत हेटौडाबाट ठिङ्गन हुदै ललितपुर निस्कने सडक खण्डमा सम्पुर्ण सवारी साधन आवत जावतको लागी रोक लगाएको ।

बंगालको खाडीमा बनेको अर्नब चक्रवातको कारण निरन्तर बर्षा भइरहेकोले बाढी तथा पहिरोको सम्भाबित उच्च जोखिमलाई मध्यनजर गर्दै सो बाट मानबिय तथा भैतिक क्षति हुन नदिनको लागी मिति २०८३।०७।१३ र १४ गते साँझ १७:०० बजे देखि बिहान ०५:०० बजे सम्मको लागी कान्तिलोकपथ सडक खण्ड अन्तरगत हेटौडाबाट ठिङ्गन हुदै ललितपुर निस्कने सडक खण्डमा सम्पुर्ण सवारी साधन आवत जावतको लागी रोक लगाएको ।

४ . जि. काभ्रे बि.पि राजमार्ग अबरोध ।

मिति २०८३।०७।१४ गते अं.०४:५५ बजेको समयमा जिल्ला काभ्रे रोशी गा.पा.०९ पिनथली र ०८ गिम्दिबेशी स्थित वि.पि.राजमार्गमा खहरेखोलाबाट ढुंगा माटो सहितको लोदो आई बाटो पुर्ण रुपमा अबरोध भएको ।

५ . जि.  खोटाङ मध्यपहाडी लोकमार्ग अबरोध ।

मिति २०८३।०७।१४ गते ०७;५० बजेको समयमा जिल्ला खोटाङ हलेसी तुवाचुङ न.पा. १ लाकुरीडाँडा स्थित मध्य पहाडि लोकमार्ग सडक खण्डमा बर्षातको कारण माथिबाट लेदो सहितको पहिरो झरी अं. १५ मिटर बाटो पुर्णरुपमा अबरोध भएको ।

६. जि. ललितपुर बागमती खोला करिडोर र कान्तिलोकपथ अबरोध ।

क) मिति २०८३/०७/१४ गते ०८;१५ बजे ललितपुर महानगरपालिका ०२ बल्खु, सुन्दरीघाट स्थित रहेको करिडोरको बाटोमा अबिरल बर्षातको कारणले पानिको बहाव बढ्न गई बाटो पुर्णरुपमा अवरुद्ध रहेको ।

ख) मिति २०८३/०७/१४ गते ०६;२० बजे बागमति गा.पा ३ पाङ्दुर र टार्कुचे स्थित कान्तिलोकपथ माथिबाट पहिरो झरि पुर्णरुपमा अबरोध भएको ।

७.जि.मकवानपुर भैंसे हुदै काठमान्डौ जाने  सडकखण्ड अवरोध ।

बंगालको खाडिमा बनेको अर्नव चक्रावतको कारणले यस जिल्लामा उच्च सतर्कता अपनाउन आवागमन को लागि जारि सुचनामा मिति २०८३/०७/१४ गते साँझ ५;०० देखि २०८३/०७/१५ गते विहान ५;०० बजेसम्म सवारी आगमनमा पुर्ण रुपमा रोक लगाएको