बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०६।२४ गते २१:३० बजे सम्म ।
२०८३-०६-२४
- A
- A-
- A+
१. जि. रसुवा र नुवाकोट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको तथा बैकल्पिक बाटो सम्बन्धमा ।
मिति
२०८३।०५।१० गते
आएको बिनाशकारी बाढीका कारण त्रिशुली बजार, बेत्रावती बजार हुँदै रसुवागढी नाका सम्म जाने मुख्य पासाङ ल्हामु
राजमार्ग त्रिशुली नदी किनारको अधिकांस भाग कटान गरी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकोमा स्याप्रुबेशी सम्म जान सकिने बैकल्पिक बाटोको
रुपमा (सिंगल
लेन कच्ची सडक) काठमाडौं देखि टोखा छहरे हुँदै बिदुर, नुवाकोट
दरबार, फलाँटे, चोकदे, लच्याङ, सरमथली, पार्च्याङ, भोर्ले, ० किमि, कालिकास्थान, स्याउबारी, राम्चे, सोले, धुन्चे, स्याप्रुबेशी सम्म जान सकिने ।
मिति २०८३।०६।०९ गते ०६:३० बजेको समयमा जिल्ला मनाङ अन्तर्गतका सडक खण्डमा राती देखी परेको अविरल बर्षाको कारण बाढी आई बेशीसहर हुँदै खाङसारसम्म जाने सडक पूर्ण रुपमा अवरोध भएको ।
३. जि. धादिङ गजुरी गा.पा.५ गलौदी स्थित पृथ्वीलोकमार्ग पूर्ण रुपमा अबरोध ।
मिति २०८३।०६।२३ गते अं.१७:०० बजेको समयमा जि.धादिङ गजुरी गा.पा.५ गलौदी स्थित पृथ्वीलोकमार्गमा त्रिशुली नदीले सडक कट्टान गरी सडक तलबाट २५ मि.लम्बाई र ३ मि.चौडाई सडक भाँसिएर बाटो दुई तर्फि पुर्ण रुपमा अबरुद्ध भएको ।
४.जि.मकवानपुर
त्रिभुवन राजपथ सम्बन्धी अत्यन्त जरुरी सुचना ।
मिति
२०८३।०६।२३ गते गएको पहिरोले
मुग्लिङ-काठमाडौ सडक पुर्ण रुपमा अबरुद्द भएसँगै त्रिभुवन राजपथमा सवारी चाप
अत्याधिक बढ्ने भएकोले काठमाडौ बाट हेटौडा जाने र हेटौडाबाट काठमाडौ आउने सवारी
साधनहरु निम्न समय तालिका निर्धारण गरिएको ।
१.त्रिभुवन
राजपथ प्रयोग गरि काठमाडौ बाट हेटौडा जाने सवारी साधनहरुका लागी
· २४ गते
बिहान
०९;००बजे देखी दिउसो १२;०० बजे सम्म मात्र
राति
२२;०० बजे देखी २५गते बिहान ०१;०० बजे सम्म
· २५ गते
दिउँसो
१४;००बजे देखि बेलुका १९;०० बजे सम्म
२.त्रिभुवन
राजपथ प्रयोग गरि हेटौडाबाट काठमाडौ आउने सवारी साधनहरुका लागी
· २४ गते
बिहान ०२;००बजे देखी बिहान ०५;०० बजे सम्म मात्र
दिउँसो १५;००बजे देखि बेलुका १८;०० बजे सम्म
· २५ गते
बिहान ०४;००बजे देखी बिहान १०;०० बजे सम्म मात्र
३.अन्य
व्यवस्था ;
· अर्को व्यवस्था
नभए सम्मका लागि इन्धन तथा एल.पि.ग्यास बोकेका बाहेक अन्य १० चक्के भन्दा धेरै/बढी
र १५ टन भन्दा बढी भार बोकेका मालवाहक सवारी साधनहरुलाई उक्त सडक खण्ड प्रयोगमा
पूर्ण रोक लगाईएको छ ।
· यात्रुवाहक
सवारी साधनका हकमा ११ मिटर लम्बाई सम्मका सवारी साधनले मात्र उक्त राजपथ प्रयोग
गर्न पाउनेछन् ।