प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी ब्याण्ड

Share
नेपाल प्रहरी संगीत विद्यालय सन् १९५२ मा स्थापना गरिएको हो । सन् १९५० मा रक्षा दल नेपाल प्रहरीमा गाभिएपछि केही प्रहरी कर्मचारीहरूलाई प्रशिक्षण दिई एकीकृत प्रहरी ब्याण्ड गठन गरिएको थियो । त्यसयता केन्द्रीय प्रहरी ब्याण्डले राष्ट्रिय तथा संस्थागत कार्यक्रमहरूमा सांगीतिक प्रस्तुति दिँदै प्रहरीका औपचारिक समारोह र राष्ट्रिय कार्यक्रममा महत्वपूर्ण भूमिका निभाउँदै आइरहेको छ।

सन् १९६४ मा समुदायसँगको सम्बन्ध विस्तार र सेवा केन्द्रित प्रहरी प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल प्रहरीले आम जनताका लागिपनि प्रहरी ब्याण्ड सेवा उपलब्ध गराउन थाल्यो । हाल प्रहरी ब्याण्डले देशभरि विभिन्न सामाजिक तथा परम्परागत समारोहहरूको उत्सवमा सक्रिय सहभागिता पुर्‍याउँदै आएको छ।

केन्द्रीय प्रहरी ब्याण्डका कार्यहरू:

  • व्यावसायिक ब्याण्ड कर्मचारीहरूको तालिम तथा विकास गर्नु ।
  • राष्ट्रिय कार्यक्रम तथा औपचारिक प्रहरी समारोहहरूमा प्रस्तुति दिनु ।
  • सामाजिक तथा सांस्कृतिक उत्सवहरूमा जनताको अनुरोधमा सांगीतिक सेवा प्रदान गर्नु ।


प्रहरी ब्याण्ड सेवा सुविधा:
यदि तपाई नेपाल प्रहरी ब्याण्डको सेवा लिन चाहनुहुन्छ भने, कृपया नेपाल प्रहरी मुख्यालयको जनसम्पर्क शाखामा सम्पर्क गर्नुहोस्:
फोन: ०१-४११२१० (Ext. १३४), ०१-४४१०६६३ 

 S.N.

Description

Time Period

Fee (Nrs.)

1

Full Band (11 Persons)

9 Hrs.

60,000/-

2

Full Band (11 Persons)

6 Hrs.

45,000/-

3

Full Band (11 Persons)

3 Hrs.

25,000/-

4

Half Band (7 Persons)

9 Hrs.

45,000/-

5

Half Band (7 Persons)

6 Hrs.

30,000/-

6

Half Band (7 persons)

3 Hrs.

20,000/-

7

Panche Baja (7 Persons)

9 Hrs.

70,000/-

8

Panche Baja (7 Persons)

6 Hrs.

50,000/-

9

Panche Baja (7 Persons)

3 Hrs.

30,000/-

10

Full Concert (30 Persons)

3 Hrs.

80,000/-

11

Pipers drum (22 Persons)

3 Hrs.

55,000/-


नोटः

सिनियर प्रहरी अधिकृतका लागि Full Band र जुनियर प्रहरी अधिकृतका लागि Half Band नि:शुल्क रहेको जानकारी गराउँदछौं ।
बैण्ड लैजान र ल्याउन निवेदकले अनिवार्य सवारी साधनको व्यवस्था मिलाई तोकिएको समयमा बैण्ड फिर्ता पुर्याई सक्नु पर्ने छ ।