विद्युतीय कारोबार अन्तर्गत कसुर मुद्दामा संलग्न व्यक्ति पक्राउ
२०८३-०७-१७
- A
- A-
- A+
कालीकोट, विद्युतीय कारोबार अन्तर्गत कसुर मुद्दामा संलग्न रहेको अभियोगमा तिलागुफा नगरपालिका-३ बस्ने ३७ वर्षीय खगेन्द्र प्रसाद न्यौपानेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोट समेतबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३ धनेश्वरबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले पीडितको अश्लिल भिडियो रेकर्ड गरी विभिन्न व्यक्तिहरूलाई शेयर गर्ने गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।