अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०७-१८
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातीर्थ बौथली चोक बस्ने २८ वर्षीय रबिन तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ७४ ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१४ बाट अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा बाह्रदशी गाउँपालिका-६ घर भएका ३६ वर्षीय विर्खराज योङहाङ र धादिङ गल्छी गाउँपालिका-२ घर भएका ३४ वर्षीय सानो बावु तुलाधार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-२ पुनर्वासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सजिव राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-४ हलगडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका-६ घर भएका २० वर्षीय अविनाश रौनियार साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नडाहाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र स्पासपेन १ सय १० ट्याब्लेट सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय लक्ष्मण थिङ, २२ वर्षीय राकेश काफ्ले र २३ वर्षीय रबिन कार्की रहेका छन् । अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ३२ वर्षीय दिपक भाटलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०२-००३ प ४३८५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-७ टेडियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ३० मिलिग्राम सहित कैलाली घोडाघोडी नगरपालिका-१ सुख्खड बस्ने २३ वर्षीय जिबन पार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बाँसगढी नगरपालिका-५ बाँसगढी बजारस्थित रोयल फास्टफुड खाजा घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित बढैयाताल गाउँपालिका-८ बस्ने २६ वर्षीय रिदम केसी समेत ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ बिकासनगर घर भएका २२ वर्षीय शिव विक समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-४ घर भएका २० वर्षीय शिवराज थारू र बर्दिया गेरूवा गाउँपालिका-५ बस्ने २७ वर्षीय उमेश थारू रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटएको प्रहरीले भे.६ प ६४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, माडी नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४८ ट्याब्लेट र स्पास्मो २ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका-६ कल्याणपुर बस्ने २४ वर्षीय आशिष गुरूङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सोमेश्वरबाट खटिएको प्रहरीले ना.६ ख ४०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-५ बक्तुरीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १८ ग्राम ५ सय ७० मिलिग्राम सहित कैलारी गाउँपालिका-४ हसुलिया बस्ने २० वर्षीय सरोज चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, जानकी गाउँपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-८ बन्देबीपुर बस्ने २४ वर्षीय भुवन तिमिल्सिनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।