भरूवा बन्दुक सहित पक्राउ
२०८३-०७-२२
- A
- A-
- A+
बझाङ, मष्टा गाउँपालिका-२ धनातोली बस्ने ४० वर्षीय राजेन्द्र रोकायालाई भरूवा बन्दुक १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मष्टाबाट खटिएको प्रहरीले राजेन्द्रको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।