जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ
२०८३-०७-२६
- A
- A-
- A+
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित कुशुम छ्याम्बा हाउस र होम स्टेमा जुवा (कौडा) खेलिरहेको अवस्थामा होम स्टेका संचालक सोही ठाउँ बस्ने ३४ वर्षीय कुमार लामा समेत ३७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७८ हजार ५ सय ५५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
तनहुँ, भिमाद नगरपालिका-६ रत्नचोकस्थित काठमाडौं मम होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही नगरपालिका-६ बस्ने ६६ वर्षीय लोक बहादुर श्रेष्ठ समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ५ सय ४० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।