जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०८-०१
- A
- A-
- A+
कपिलवस्तु, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वाणगंगा नगरपालिका-११ भड्सहवा बस्ने २१ वर्षीय संजय सहनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । संजयले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बाँके, १९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डुडुवा गाउँपालिका-५ छग्रहवा बस्ने २० वर्षीय रोहित परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रोहितले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।