सुन जस्तो देखिने पदार्थ सहित चिनियाँ नागरिक पक्राउ
२०८३-०८-०२
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो ८ सय ३ ग्राम ७ सय ७० मिलिग्राम सुन जस्तो देखिने अर्धठोस अवस्थाको गोलाकार पदार्थ ४ थान सहित चिनियाँ नागरिक JIANHUA WANG लाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरको उडानद्वारा हङकङबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।