प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न व्यक्ति पक्राउ

२०८३-०८-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत राजस्थान श्रीगंगानगर श्रीगंगानगर शहर घर भएका ३५ वर्षीय रोहित पथरियालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेरको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल प्रिमियिर लिगमा संचालनमा रहेका क्रिकेट खेलहरूमा पटक-पटक गरी ८ लाख ७५ हजार ४० रूपैयाँ बराबरको रकम सट्टेबाजी मार्फत कारोबार गरेको खुल्न आएको छ । 

उनी उपर जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
२०८३-०८-०२

काठमाडौं, ललितपुर महानगरपालिका-४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौं कोटेश्वर बस्ने भोजपुर, भोजपुर नगरपालिका-३ घर भएका ३१ वर्षीय दिपक खड्का र काठमाडौं बत्तिसपुतली बस्ने काठमाडौं महानगरपालिका-१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

रोमानिया र बेलारूस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र बेलारूस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-२९ बस्ने २८ वर्षीय रविन्द्र मगरातीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  रविन्द्रले रोमानिया र बेलारूस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काटमाडौं महानगरपालिका-२९ पवत्रनगरबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।