जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०८-०२
- A
- A-
- A+
झापा, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-४ बिश्वडुब्बा बस्ने २५ वर्षीय बनेश्वर सोरेनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बनेश्वरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।