अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ
२०८३-०८-०२
- A
- A-
- A+
मकवानपुर, मनहरी गाउँपालिका-९ खरङ्गाबाट अवैध लागूऔषध गाँजा ६ किलो २ सय ३० ग्राम सहित सोही नगरपालिका-६ सुनाचुरी भुलचोक बस्ने ४३ वर्षीय चन्द्र बहादुर तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना.५ ख ८३१३ नम्बरको ट्रकलाई तलासी गर्दा उक्त गाँजा फेला पारी चालक चन्द्रलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।