अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८३-०८-१०
- A
- A-
- A+
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ अछामीडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय शंकर बादीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।