प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

२०८२-०८-२८

  • A
  • A-
  • A+
Share

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित राजापुर नगरपालिका-१० भगतपुर बस्ने २२ वर्षीय कमल गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बर्दिया, गुलरिया नगरपालिका-१० लडकनिया घाट भादापुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय १० मिलिग्राम सहित बारबर्दिया नगरपालिका-६ जयनगर बस्ने २२ वर्षीय समिर चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प १९३३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ हल्दुघाट बस्ने ७२ वर्षीय चन्द्र चन्दलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १८ ग्राम ८ सय १० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-५ दोदापुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २२ वर्षीय रोशन सिंह साउद, सोही नगरपालिका-११ बस्ने २० वर्षीय कैलाश खत्री र कैलाली धनगढी उपमहानगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले बेलौरीबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ ह १९५० नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।

यसैगरी कञ्चनपुर, लालझाडी गाउँपालिका-२ कञ्जबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय छोट राम डगौरालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, लम्कीचुहा नगरपालिका-३ ब्यवस्थितनगर डेरा गरी बस्ने जानकी गाउँपालिका-५ घर भएका २८ वर्षीय सुनिल कुमार चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय ८० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ सय ३० किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१७ पकली बस्ने २४ वर्षीय करण साह र मोरङ विराटनगर महानगरपालिका-५ बस्ने २१ वर्षीय सचिन मेहता रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले  धरानबाट नडाहातर्फ आउँदै गरेको बा.१८ च ३८३४ नम्बरको कारमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ नौलोबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय २५ ट्याब्लेट र नगद ४ हजार २ सय ६५ रूपैयाँ सहित सोही उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय बिष्णु सुब्बालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित दंगीशरण गाउँपालिका-४ बैबाङ बस्ने २४ वर्षीय रोशन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले रा.८ प ३७४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

चितवन, भरतपुर महानगरपालिका-२२ हात्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ९० मिलिग्राम र नगद २ लाख ७५ हजार ८ सय ६० रूपैयाँ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१५ बस्ने ३२ वर्षीय अमन दराइ र सोही महानगरपालिका-२८ बस्ने २० वर्षीया प्रसना कुमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट पटिहानीबाट खटिएको प्रहरीले ना.५१ प ८०७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार सहित तीन जना पक्राउ
२०८३-०८-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बाट २ किलो ७ सय ग्राम तौल बराबरको संरक्षित वन्यजन्तु हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार १ थान सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४९ वर्षीय मान बहादुर गोले, सोही उपमहानगरपालिका-१० बस्ने ७९ वर्षीय चतुर सिं लामा वाईबा र रौतहट घर भएका ५८ वर्षीय श्रीबहादुर जिम्बा रहेका छन् । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय राप्ती, मनहरी मकवानपुर पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३७ जना पक्राउ
२०८३-०८-०५

सिराहा, मिर्चैया नगरपालिका-३ बस्ने २७ वर्षीय दिलिप कुमार मण्डललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ६० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया समेतबाट खटिएको प्रहरीले उनको भान्सा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी सिराहा, मिर्चैया नगरपालिका-३ बस्ने २४ वर्षीय जितेन्द्र मण्डललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-८ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ५२ ट्याब्लेट सहित सोही महानगरपालिका-४ बस्ने धादिङ निलकण्ठ नगरपालिका-८ घर भएका ३३ वर्षीय गौरव मान शाक्य समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले ग.१३ प ८३१९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-१७ ट्याक्सीचोकबाट नियन्त्रित लागूऔषध नोर्फिन ३ सय एम्पुल, फेनारगन  ३ सय एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ बिरौटा बस्ने २८ वर्षीय रोशन थापा र रूपन्देही मायादेवी गाउँपालिका-३ घर भएका ३० वर्षीय जग्गु गौड रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-१३ मियाँपाटनबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ सय २० ट्याब्लेट सहित सोही ठाउँ बस्ने भारत घर भएका २० वर्षीय रञ्जित कुमार समेत ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१४ हात्तीसार पथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २४ ग्राम ४७ मिलिग्राम, नियन्त्रित लागूऔषध डाइक्लोमाइन ५ हजार ९ सय ३० ट्याब्लेट, नाइट्राजेपाम ४ सय ४५ ट्याब्लेट, स्पास्पेन ६५ ट्याब्लेट र ट्रामाडोल १५ ट्याब्लेट सहित ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ गोबिन्दमार्ग बस्ने २५ वर्षीय सौरभ जिमि, सोही उपमहानगरपालिका-२० बस्ने २२ वर्षीय सुगम राई, सोही उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय अविजित निरौला, सोही उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय आशिष राई र मोरङ लेटाङ नगरपालिका-१ बस्ने २६ वर्षीय हरि लिम्बु रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ३० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय राजेश रिसिदेव समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४२ ग्राम २ सय ७० मिलिग्राम सहित भारत बिहार अररिया थाना बस्मतिया बेलाहा-८ बस्ने २० वर्षीय पंकज कुमार खत्वे समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, दुहबी नगरपालिका-७ भलुवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु २१ किलो ९ सय ८० ग्राम सहित धरान उपमहानगरपालिका-२० बस्ने २१ वर्षीय गौरव राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तनमुनाबाट खटिएको प्रहरीले प्र.१-०२-०५३ प ४७२९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त वस्तु सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ पुरानो कण्ठपुर नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-४ बस्ने ३० वर्षीय जय थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१५ चन्नहवा बस्ने २८ वर्षीय सुरज कुमार थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले सुरजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-१ र अर्जुनधारा नगरपालिका-५ को सिमाना मुसी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-४ बस्ने २७ वर्षीय दिपु राजबंशी समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१६ सुन्दरनगर टोल बस्ने ३३ वर्षीय सुनिल थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १९ ग्राम २ सय १० मिलिग्राम र नगद ४९ हजार रूपैयाँ सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१५ शहिद गेट बस्ने प्रजल श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ६० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी दाङ, बबई गाउँपालिका-४ हापुरे दुर्गाटोल बस्ने २५ वर्षीय बिनोद सुनारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम ७ सय १० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कैलाली, जानकी गाउँपालिका-७ जवलपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने ३० वर्षीय रमेश मगर समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका- १ भरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ३० वर्षीय हिमाल खत्रीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-६ रातामाटा प्लानिङ टोल डेरा गरी बस्ने सोही नगरपालिका-२ घर भएका ३२ वर्षीय विशाल मोक्तान समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८२ ग्राम ४ सय ३० मिलिग्राम र नगद ८४ हजार ५ सय रूपैयाँ सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली समेतबाट खटिएको प्रहरीले विशालको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बुद्धनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३९ वर्षीय सुनिल शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०८-०५

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी बस्ने रौतहट घर भएका ३३ वर्षीय राज कुमार श्रेष्ठ, काभ्रे घर भएका २८ वर्षीय सागर तामाङ र कास्की घर भएकी २८ वर्षीया सन्ध्या तामाङ रहेका छन् ।  काठमाडौं महानगरपालिका-१४ कलंकीमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई धाकधम्की दिई बिहीबार बिहान मोबाइल लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।  उनीहरू उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०८-०५

दैलेख, आफ्नै श्रीमती ३५ वर्षीया मनिषा सलामी मगर, छोरा १२ वर्षीय तपेन्द्र सलामी र छोरी ३ वर्षीया करिष्मा सलामीको हत्या गरेको अभियोगमा चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ पानीखोला बस्ने ३८ वर्षीय अम्मर सलामी मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  अम्मरले वादविवादको क्रममा बन्चरो प्रहार गर्दा मनिषा, तपेन्द्र, उनकै छोरा ६ वर्षीय मिलन सलामी र करिष्मा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका मनिषा, तपेन्द्र र करिष्माको नगर अस्पताल दुल्लुमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मिलनको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०८-०३

सुनसरी, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापक काठमाडौं महानगरपालिका-२२ बस्ने धरान उपमहानगरपालिका-१२ घर भएका ४५ वर्षीय शिव कुमार विश्वकर्मा (लामिछाने) र सोही सहकारी संस्थाका ऋण उप समिति सदस्य धरान उपमहानगरपालिका-१५ बस्ने ३३ वर्षीया अस्मिता भण्डारी रहेका छन् ।    धरानमा बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय रहि सहकारी संस्थासँग आवद्ध नेपाल राज्यभर जम्मा ३० वटा र विदेशमा ४ वटा कम्पनी समेत स्थापना गरी विभिन्न मितिमा पीडितहरूको बचत गरेको रकम अपचलन तथा ठगी फरार रहेका उनीहरूलाई कोशी प्रदेश कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले सुनसरीस्थित नेपाल भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।  उनीहरू उपर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०३

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित एक घरमा मंगलबार दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनको घर तलासी गर्दा सुन तथा चाँदीका जस्तो देखिने विभिन्न गरगहनाहरू समेत फेला पारी बरामद गरेको छ ।  उनी उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।