अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
२०८३-०७-१३
- A
- A-
- A+
रूपन्देही, सिद्धार्थ नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन १८ ग्राम सहित सोही नगरपालिका-१ बस्ने २० वर्षीय अफजल पठानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।