पटका सहित पक्राउ
२०८३-०७-१७
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-६ तीनचुली चोक डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २९ वर्षीय रमन कुमार मेहतालाई करिब ४ लाख रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।