प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ५९ जना पक्राउ

२०८३-०७-२१

  • A
  • A-
  • A+
Share

काभ्रे, पनौती नगरपालिका-९ सुनथान बस्ने ४० वर्षीय सुरेश कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४५ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

सिराहा, लहान नगरपालिका-७ बाट  जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय निरज गुप्ता समेत ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ३६ हजार ६ सय ५५ रूपैयाँ, २ हजार ८ सय ८० भारतीय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१८ कटा टोलस्थित गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय उपेन्द्र प्रसाद साह समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको उनीहरूलाई नगद  ७६ हजार ३ सय ९० रूपैयाँ र ८ बुक तास सहित प्रहरीले पक्राउ गरेको  हो । 

प्युठान, प्युठान नगरपालिका-२ जुम्रीबाट जुवातास खेलिरहेको अवस्थामा प्युठान नगरपालिका-४ बिजुवार बस्ने ५५ वर्षीय डिल बहादुर सुनार समेत १३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४० हजार १० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

कपिलवस्तु, वाणगंगा नगरपालिका-६ वनकसियाबाट जुवातास खेलिरहेको अवस्थमा सोही नगरपालिका-५ बस्ने ३३ वर्षीय जिवन विश्‍वकर्मा समेत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङ र इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख २० हजार १ सय ९० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।  

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ जिरो ड्यामबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ४३ वर्षीय कुल बहादुर सुनार समेत १७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ६ सय ७० रूपैयाँ, २८ बुक तास र  लंगुर बुर्जा ६ थान सहित उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा ५० जना पक्राउ
२०८३-०७-२०

धनकुटा, धनकुटा नगरपालिका-५ देवनटार बस्ने ३७ वर्षीया मेन कुमारी लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा मेन कुमारी समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ५ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-५ गेटा बरचोक बस्ने २८ वर्षीय रमेश रानाले संचालन गरेको रमेश होटलमा जुवातास खेलिरहेको अवस्थामा रमेश समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्विम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ६ सय १० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  ओखलढुंगा, सिद्धिचरण नगरपालिका-१२ बस्ने ३२ वर्षीया संगिता कार्कीको सुमन किराना पसल एण्ड होटलमा जुवातास खेलिरहेको अवस्थामा संगिता समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार २० रूपैयाँ सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-१७ लुखुसीस्थित रौतहट घर भएका ४९ वर्षीय ललन प्रसाद कलवारको कवाडी कारखानामा जुवातास खेलिरहेको अवस्थामा ललन प्रसाद समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५१ हजार ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्ने ५८ वर्षीय राम बहादुर केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा राम बहादुर समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५६ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८३-०७-१९

नवलपरासी पूर्व, देवचुली नगरपालिका-१७ कुलेनी बस्ने ४१ वर्षीय रेशम तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रेशम समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३ हजार १ सय ६५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।  धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित बस पार्कको काउण्टरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने ४० वर्षीय सुजित शर्मा  समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १७ हजार ४ सय रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा ६४ जना पक्राउ
२०८३-०७-१८

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ डेरा गरी बस्ने नुवाकोट घर भएकी ४१ वर्षीया प्रतिभा तिमिल्सेनाको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रतिभा समेत २१ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ लाख २९ हजार ६ सय रूपैयाँ, ३३ थान कौडा र १७ बुक तास सहित पक्राउ गरेको हो ।  चितवन, खैरहनी नगरपालिका-८ पानीटंकी चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने जमौली बस्ने ५९ वर्षीय लक्ष्मण खरेल समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार ९ सय ९५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-१६ नबिन चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१६ बस्ने २८ वर्षीय सुरज गुरूङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ९ सय ९० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-२ हल्लनचोक बस्ने ६४ वर्षीय अमर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा अमर समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६४ हजार ९ सय २५ रूपैयाँ र ४ सय ३८ पत्ति तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ बाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६७ वर्षीय हरिदत्त पाण्डेय समेत ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ६ सय ४० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  तनहुँ, ब्यास नगरपालिका-१२ घाँशिकुवास्थित तामाङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा खाजा घर संचालक सोही नगरपालिका-१ भादगाउँ बस्ने ४३ वर्षीय बल बहादुर गुरूङ समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ४ सय १५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  रोल्पा, रून्टीगढी गाउँपालिका-७ होलेरी हाटबजारस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ५० वर्षीय दिल बहादुर खड्का समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार ७ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०७-१५

ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ४१ वर्षीय रामबाबु केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा रामबाबु समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार ७ सय १० रूपैयाँ र १५ बुक तास सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-१ मेन्थास्थित जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ४१ वर्षीय सन्तोष भण्डारी समेत ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ४ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।