जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८३-०७-१४
- A
- A-
- A+
सुनसरी, बराहक्षेत्र नगरपालिका-७ लक्ष्मी टोलस्थित जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ३३ वर्षीय आशिष श्रेष्ठ समेत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ९ सय ५० रूपैयाँ र १३ थान कौडा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।