जुवातास खेलिरहेको अवस्थामा ४९ जना पक्राउ
२०८३-०८-०५
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१६ मैपी बस्ने ४९ वर्षीय श्याम शर्माको घरको ग्राउण्डमा जुवा (कौडा) खेलिरहेको अवस्थामा श्याम समेत २४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नेपाली ९ लाख ६० हजार ५ सय रूपैयाँ, ४ सय ६० अमेरिकी डलर, भारतीय ५ सय रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित सिर्जना गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गोरखा चुमनुब्री गाउँपालिका-३ घर भएका ३० वर्षीय कृष्ण गुरूङ समेत १३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९३ हजार १ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
सर्लाही, ईश्वरपुर नगरपालिका-१ शंकरपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ६३ वर्षीय पदम बहादुर लामा समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ४ सय २५ रूपैयाँ र ६ थान कौडा सहित पक्राउ गरेको हो ।
नुवाकोट, लिखु गाउँपालिका-४ चौघडाबाट जुवातास खेलिरहेको अवस्थामा सूर्यगढी गाउँपालिका-५ बिंगोर बस्ने ४३ वर्षीय बिबेक पाण्डे समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७५ हजार ४ सय ३५ रूपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।