जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ
२०८३-०७-२२
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित नेपाल हाउस रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-४ घर भएका ४९ वर्षीय सुनिल श्रेष्ठ समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ८५ हजार १ सय ९५ रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाइपास बस्ने ४७ वर्षीय देव बहादुर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा देव बहादुर समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७७ हजार ६ सय रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-७ गुण्डु बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-१ घर भएका ४२ वर्षीय वाङगेल लामाको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाङगेल समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गुण्डुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ७ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
चितवन, खैरहनी नगरपालिका-१० जिबनपुर चोकस्थित जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ३१ वर्षीय अनिश पाठक समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ३ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।