हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०७-२३
- A
- A-
- A+
मोरङ, जहदा गाउँपालिका-२ मोहनपुर बस्ने ४० वर्षीय बुधराम सोरेनको हत्या गरेको अभियोगमा उनकै श्रीमती ३५ वर्षीया कमली बास्के र भारत बिहार कटिहार बस्ने २७ वर्षीय सुनिल मिश्रलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले रड प्रहार गर्दा बुधरामको आइतबार राति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।