कटुवा पेस्तोल सहित एक जना पक्राउ
२०८३-०८-०६
- A
- A-
- A+
धनुषा, धनुषाधाम नगरपालिका-४ स्थित गौरीपुर टोलबाट कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित सिराहा कल्याणपुर नगरपालिका-५ निर्धना टोल बस्ने ४० वर्षीया गंगावती महतोलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।