प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न १० जना पक्राउ

२०८३-०१-१६

  • A
  • A-
  • A+
Share

सुनसरी, अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय शुसान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, सोही उपमहानगरपालिका-१ बस्ने ३३ वर्षीय सुजित साह, सोही उपमहानगरपालिका-१६ बस्ने ४१ वर्षीय अशोक लिम्बु, सोही उपमहानगरपालिका-१५ बस्ने ३५ वर्षीय भवानी दाहाल र सोही उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय प्रज्जवल राई रहेका छन् । 

धरान उपमहानगरपालिका-१३ लक्ष्मी सडकस्थित मण्डला क्याफेमा अनलाइन जुवा (1x bet) खेल्दै/खेलाउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्दै/खेलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०७-१९

काठमाडौं, नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत बिहार राज्य भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनु कुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटहरूबाट ८९ लाख ८१ हजार ७ सय २९ रूपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ । उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सामाजिक सञ्जाल मार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०६-०१

काठमाडौं, सामाजिक सञ्जाल मार्फत विदेशी महिलाको चरित्र हत्या गरेको अभियोगमा बाँके नेपालगंज उपमहानगरपालिका-१ बस्ने २३ वर्षीय प्रशान्त जयसवाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल मार्फत विदेशी महिलासँग चिनजान गरी साथी बनि प्रेम सम्बन्धमा रहेको अवस्थामा खिचिएका तस्विरहरू पीडित महिलाका आफन्त तथा परिवारजनका सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पक्राउ गरेको   हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ५ दिन  म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री प्रकाशन/प्रसारण गरी घृणा द्वेष फैलाउने व्यक्ति पक्राउ
२०८३-०५-२८

काठमाडौं, सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री प्रकाशन/प्रसारण गरी घृणा द्वेष फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका-८ बानियाटार बस्ने रूकुम पश्चिम आठविसकोट नगरपालिका-१२ घर भएका २७ वर्षीय जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालहरूमा विपद्को अति संवेदनशील समयमा खोज, उद्दार तथा व्यवस्थापनमा अहोरात्र खटिएका सुरक्षा निकाय तथा राष्ट्रसेवकहरूका बारेमा सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री विद्युतीय स्वरूपमा प्रकाशन गरी सुरक्षा निकाय तथा राष्ट्र सेवकहरू प्रति घृणा द्वेष फैलाई नागरिक र सुरक्षा निकाय बीचको सुमधुर सम्बन्धमा खलल पुर्‍याउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं अनामनगरबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०५-०५

काठमाडौं, नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका-७ बस्ने १९ वर्षीय सुदिप कटुवाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग साथी बनेर प्रलोभनमा पारी अश्लिल सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरी चरित्र हत्या गर्ने र रकम समेत माग गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-१८

काठमाडौं, सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-९ घर भएका रूपन्देही बुटवल उपमहानगरपालिका-१३ बस्ने ३९ वर्षीय जनक भुसाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालमा राज्यको विद्यमान परिवेशलाई प्रत्यक्ष असर पार्ने तवरबाट युट्युब च्यानल नेपाली खबर टिभी मार्फत भ्रामक सूचना प्रवाह गर्ने भिडियो सामाग्री तयार पारी, अफवाह फैलाई जातीय तथा धार्मिक हिंसात्मक तथा ध्वंसात्मक गतिविधिहरूमा संलग्न व्यक्ति तथा समूहलाई थप उत्तेजित र आक्रमक बनाउने, साथै कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामाग्रीहरू वा कसै प्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन, प्रदर्शन र प्रसारण गर्ने कार्यमा संलग्न रहेका उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा बुटवलबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय कारोबार ऐन,२०६३ को कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।