प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी श्रीमती संघद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न ।
दोलखा, बि.सं. २०८१ असार ०८ गते, शनिबार ।
नेपाल प्रहरी श्रीमती संघद्वारा जिल्ला प्रहरी कार्यालय दोलखाको कार्यालय परिसरमा रहेको कम्पाउण्ड भित्र विभिन्न प्रजातिका ३५ वटा बोटबिरुवाहरु लगाउने कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा संघका उपाध्यक्ष तथा कार्यक्रम सचिव श्रीमती सन्ध्या जोशीज्यू, कार्यसमितिका सदस्यहरू श्रीमती प्रेक्ष्यमा गोंगलज्यू, श्रीमती अनिता ढकाल पौडेलज्यू, श्रीमती राधा खतिवडा पोखरेलज्यू, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काज्यू, समाजसेवी शारदा पराजुलीज्यू, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीज्यूहरू समेतको उपस्थिती रहेको थियो ।

 

नेपाल प्रहरी श्रीमती संघद्वारा खाजा तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न ।
दोलखा, बि.सं. २०८१ असार ०७ गते, शुक्रबार ।
नेपाल प्रहरी श्रीमती संघद्धारा आवाज नेपाल चरिकोट दोलखा र गौरीशंकर बालगृहमा आश्रीत बालबालिकाहरूलाई खाजा तथा खाद्यान्न वितरण गरिएको ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमुख आतिथ्यतामा सम्पन भएको उक्त खाद्यान्न वितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलज्यू,संघका उपाध्यक्ष तथा कार्यक्रम सचिव श्रीमती सन्ध्या जोशीज्यू, कार्यसमितिका सदस्यहरू श्रीमती प्रेक्ष्यमा गोंगलज्यू,श्रीमती अनिता ढकाल पौडेलज्यू, श्रीमती राधा खतिवडा पोखरेलज्यू, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काज्यू,समाजसेवी शारदा पराजुलीज्यू , सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीज्यूहरू समेतको उपस्थिती रहेको थियो ।

 

नेपाल प्रहरी श्रीमती संघद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा सेनिटरी प्याड वितरण कार्यक्रम सम्पन्न ।
दोलखा, बि.सं. २०८१ असार ०७ गते, शुक्रबार ।
नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा च्छोरोल्पा अस्पताल प्रा.लि.दोलखा र पशुपती चौलागाई स्मृती अस्पताल चरिकोट दोलखाको प्राविधिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय दोलखाको समन्वयमा २४ सै घण्टा अरोरात्र ड्यूटिमा खटिनु हुने तथा आफ्नो कार्यव्यस्थताको कारण आफ्नो स्वास्थ्य उपचारमा ध्यान पुर्याउन नसक्ने जिल्ला प्रहरी कार्यालय दोलखा तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिएको थियो ।

संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त स्वास्थ्य शिविर कार्यक्रममा संघका उपाध्यक्षज्यू, सल्लाहकारज्यू र कार्यसमितिका सदस्यज्यूहरू जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काज्यू,सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीज्यूहरू समेतको उपस्थिती रहेको उक्त स्वास्थ्य शिविर कार्यक्रममा १२५ जना प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीहरूका आश्रीत परिवार समेतले नि:शुल्क स्वास्थ्य परीक्षण गराई लाभान्वित हुनु भएको थियो ।

साथै जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालय समेतमा कार्यरत ४३ जना महिला प्रहरी कर्मचारीहरूलाई संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले सेनिटरी प्याड समेत वितरण गर्नु भएको थियो ।

 

घरेलु हिंसा तथा Cyber Crime न्यूनिकरण सम्बन्धी सचेतनामूलक नाटक प्रदर्शनी कार्यक्रम सम्पन्न ।
ललितपुर, २०८१ असार ०६ गते बुधबार ।
यस नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा प्रहरी वृत्त चाँपागाँउ ललितपुरको सहकार्यमा जिल्ला ललितपुर गोदावारी नगरपालिका वडा नं. १२ को स्थित वडा कार्यालयको भवन चाँपागाँउ ललितपुरमा घरेलु हिंसा तथा Cyber Crime न्यूनिकरण सम्बन्धी “समान युग र मोबाईल क्राइम नामक” नाटक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठज्यूको प्रमुख आतिथ्यता, नेपाल प्रहरी श्रीमती संघका उपाध्यक्ष तथा सल्लाकारज्यूहरू अन्य कार्यसमितिका पदाधिकारीज्यूहरू, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालज्यू, गोदावारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काज्यू, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरका प्रमुख सह-अनुसन्धान निर्देशक भुमी पाठकज्यू, प्रहरी वृत्त चाँपागाँउ ललितपुरका प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लज्यू अन्य सिनियर प्रहरी अधिकृतज्यूहरु, वडा अध्यक्षज्यूहरु तथा जनप्रतिनिधिज्युहरु विभिन्न सामाजिक संघ संस्थका प्रमुख तथा प्रिनिधिज्यूहरु प्रहरी कर्मचारीहरू, शिक्षक शिक्षिकाज्यूहरु, विद्यार्थीभाइबहिनीहरु तथा सर्वसाधरण महानुभावहरु समेतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमलाई संवोधन गर्दै संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले आफ्नो सेवा प्रवाहको क्षेत्रलाई विस्तार गर्दै "शान्त समृद्ध समाजको आधार, घरेलु हिंसा रहित परिवार" भन्ने भनाईलाई हृदयगमन गरि आफ्नो टोल छिमेकमा भईरहेका लैंगिक तथा घरेलु हिंसा र विद्युतिय अपराध न्युनिकरणको लागि आफु पनि जागौ र अरूलाई पनि जगाऔ र यस्ता किसिमका हिंसा तथा अपराधलाई समाजमा जरैदेखि निर्मुल पारौ भन्ने उदेश्यले काठमाडौं उपत्यकाको विभिन्न स्थान तथा अन्य प्रदेश तथा जिल्लाहरुमा समेत घरेलु हिंसा, तथा विद्युतिय अपराध न्यूनिरकरण सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा बताउनु भयो ।

 

छात्रवृत्ति प्रमाण –पत्र वितरण कार्यक्रम सम्पन्न
काठमाडौं ,२०८१ असार ०६ गते विहीबार ।
नेपाल प्रहरी श्रीमती संघ छात्रवृत्ति अक्षयकोष मार्फत प्रदान गर्न लागिएको छात्रवृत्तिको लागि छनोट भएका कर्तब्यपालनाको सिलसिलामा घाईते बिरामी भई नेपाल प्रहरी अस्पताल तथा अन्य सरकारी अस्पतालको कोल्ड वार्डमा उपचारार्थ रहेका तथा उपचार पश्चात पनि पुन: डिउटीमा फर्कन नसक्ने भनि सम्बन्धीत कार्यालबाट सिफारिस भई आएका अशक्त प्रहरी कर्मचारीहरुका सन्ततीहरुलाई कक्षा १ देखि १२ सम्म नेपाल पुलिस स्कुल तथा अन्य विद्यालयहरुमा अध्ययनको लागि छात्रवृत्ति प्रमाण-पत्र वितरण कार्यक्रम सम्पन्न भएको ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको अध्यक्षता तथा संघका उपाध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरु, कार्यसमितिका अन्य पदाधिकारीज्यूहरु प्रहरी कर्मचारी तथा प्रहरी परिवारको उपस्थितीमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सम्वोध गर्दै संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले शिक्षा नै मानव जिवनको अमुल्य धन हो भन्ने भनाईलाई हृदयगमन गरी यस संघले कर्तव्यपालनाको सिलसिलामा घाईते बिरामी भई नेपाल प्रहरी अस्पताल तथा अन्य सरकारी अस्तपालहरुको कोल्ड वार्डमा उपचारारत रहेका अर्थात उपचार पश्वात पनि पुन: डिउटीमा फर्कन नसक्ने कमजोर आर्थिक अवस्था भएका घाईते तथा अशक्त प्रहरी परिवार तथा अमर प्रहरी परिवारले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै निजहरुको परिवारलाई सहयोगार्थ नेपाल प्रहरी श्रीमती संघ छात्रवृत्ति अक्षयकोष स्थापना गरी निजहरुको सन्ततीहरुलाई कक्षा १ देखि १२ सम्म नि:शुल्क अध्यापन गराउन लागिएको र यस संघले विगतका वर्षहरुमा पनि अमर अशक्त तथा कमजोर आर्थिक अवस्था भएका तथा जेहेन्दार विद्यार्थी भाइबहीनीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको भएता पनि यस कार्यलाई अझ ब्यवस्थित र परिस्कृत गरी लैजानको निमित्त नेपाल प्रहरी श्रीमती संघ छात्रवृत्ति अक्षयकोष स्थापना तथा सञ्चालन कार्यविधि २०८० निर्माण गरी यसै शैक्षिक सत्र २०८१ देखि लागु हुने गरी स्थापना गरिएको कुरा जानकारी गराउदै कर्तब्यपालनाको सिलसिलामा घाईते बिरामी भई उपचारार्थ रहनु भएका सम्पूर्ण घाईते प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण प्रहरी परिवारका सन्ततीहरुको उज्वल भविष्यको समेत कामना गर्नु भएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन नेपाल प्रहरी श्रीमती संघका शिक्षा उपसमितीका सदस्य प्रेक्ष्यमा गोंगलज्यूले गर्नु भएको थियो ।

नेपाल प्रहरी श्रीमती संघद्वारा शैक्षिक सामाग्री वितरण तथा स्तनपान कक्षका लागि बेड बिस्तारा प्रदान कार्यक्रम सम्पन्न ।
रुकुम, बि.सं. २०८१ असार ०४ गते ।
यस संघको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुकुमको सहकार्यमा आज मिति २०८१ असार ०४ गतेका दिन श्री महेन्द्र माध्यमिक विद्यालय तकसेरा, रुकुम (पूर्वी भाग) मा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
साथै जिल्ला प्रहरी कार्यालय रुकुममा ड्यूटीमा रहेका महिला प्रहरी कर्मचारीहरुको सुविधाका लागि बनाईएको स्तनपान कक्षलाई आवश्यक पर्ने बेड बिस्तारा (डसेना, तन्ना, सिरानी, बलाङ्के) समेत प्रदान गरिएको थियो ।

 

 

नेपाल प्रहरी श्रीमती संघद्वारा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न ।

कालिमाटी, बि.सं. २०८१ असार ०१ गते, शनिबार ।

*******************************************

नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा अल्का अस्पताल प्रा.लि. जावलाखेल ललितपुरको प्राविधिक सहयोग तथा प्रहरी वृत्त कालिमाटी काठमाडौंको समन्वयमा २४ सै घण्टा अरोरात्र डिउटीमा खटिनु हुने तथा आफ्नो कार्यव्यस्थताको कारण आफ्नो स्वास्थ्य उपचारमा ध्यान पुर्याउन नसक्ने काठमाडौं उपत्यका स्थित जिल्ला प्रहरी परिसर टेकु काठमाडौं , प्रहरी वृत्त स्वयम्भु,बालाजु,कालिमाटी र काठमाडौं उपत्यका दंगा नियन्त्रण गण त्रिपुरेश्वर काठमाडौंमा कार्यरत प्रहरी कर्मचारीहरू, प्रहरी परिवार तथा वृत्त कालिमाटी काठमाडौंको हिरासतमा रहेका थुनुवाहरू समेतलाई निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिएको थियो ।

संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त स्वास्थ्य शिविर कार्यक्रममा संघका उपाध्यक्षज्यू, सल्लाहकारज्यू र कार्यसमितिका सदस्यज्यूहरू लगायत प्रहरी कर्मचारीज्यूहरू समेतको उपस्थिती रहेको उक्त स्वास्थ्य शिविर कार्यक्रममा प्रहरी कर्मचारी,प्रहरी परिवार तथा थुनुवाहरू समेत गरी जम्मा ३०० जनाले नि:शुल्क स्वास्थ्य परीक्षण गराई लाभान्वित हुनु भएको थियो ।

 

घरेलु हिंसा तथा Cyber Crime न्यूनिकरण सम्बन्धी सचेतनामूलक "समान युग र तराजु" नामक नाटक प्रदर्शनी कार्यक्रम सम्पन्न ।

..................................................................

डल्लु, २०८१ असार ०१ गते, शनिबार ।

**********************************

यस नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा प्रहरी वृत्त स्वयम्भुको समन्वयमा गितामाता मा.बि. डल्लुमा घरेलु हिंसा तथा Cyber Crime सम्बन्धी सचेतनामुलक "समान युग र तराजु नामक" नाटक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।


नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको अध्यक्षता यस नेपाल प्रहरी श्रीमती संघका उपाध्यक्ष तथा सल्लाहकारज्यूहरु, कार्यसमितिका पदाधिकारीज्यूहरु अन्य विभिन्न सामाजिक संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, वडा अध्यक्षज्यूहरु तथा जनप्रतिनिधिज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु र अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थितीमा सम्पन्न भएको उक्त कार्यक्रममा गितामाता मा.बि.का विद्यार्थी भाइबहिनीहरू तथा सर्वसाधारण महानुभावहरुको समेत सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमलाई संवोधन गर्दै संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले "शान्त समृद्ध समाजको आधार, घरेलु हिंसा रहित परिवार" भन्ने भनाईलाई हृदयगमन गरि आफ्नो टोल छिमेकमा भईरहेका लैंगिक तथा घरेलु हिंसा र विद्युतिय अपराध न्युनिकरणको लागि आफु पनि जागौ र अरूलाई पनि जगाऔ र यस्ता किसिमका हिंसा तथा अपराधलाई समाजमा जरैदेखि निर्मुल पारौ भन्ने उदेश्यले यस्ता किसिमका सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा बताउनु भयो ।

साथै उक्त कार्यक्रममा संघकी कानूनी सल्लाहकार अधिवक्ता श्रीमती राधिका खतिवडाज्यूले घरेलु हिंसा र Cyber Crime भनेको के हो ? यस्ता किसिमका हिंसा तथा अपराधबाट कसरी बच्ने तथा न्यूनिकरण सम्बन्धी उपायहरु समेत बताउनु भएको थियो ।

 

 

घरेलु  हिंसा तथा Cyber Crime न्यूनिकरण सम्बन्धी सचेतनामूलक "समान युग र तराजु" नामक नाटक प्रदर्शनी कार्यक्रम सम्पन्न................................................................................................................।


ललितपुर,२०८१ जेठ २० गते आइतबार ।

************************************


यस नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा जिल्ला प्रहरी परिसर ललितपुरको समन्वयमा जिल्ला ललितपुर पाटन दरबार स्क्वायर स्थितमा घरेलु हिंसा तथा Cyber Crime सम्बन्धी सचेतनामुलक "समान युग र तराजु
नामक" नाटक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।


नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको अध्यक्षता तथा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त
महानिरीक्षक दिपक थापाज्यू, यस नेपाल प्रहरी श्रीमती संघका उपाध्यक्ष तथा सल्लाहकारज्यूहरु, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठज्यूको विशिष्ट आतिथ्यता तथा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालज्यू, कार्यसमितिका
पदाधिकारीज्यूहरु,अन्य विभिन्न सामाजिक संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, वडा अध्यक्षज्यूहरु तथा जनप्रतिनिधिज्यूहरु,सिनियर प्रहरी अधिकृतज्यूहरु र अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थितीमा सम्पन्न भएको उक्त कार्यक्रममा ललितपुर महानगरपालिका भित्रका
सामुदायिक बिद्यालयबाट विद्यार्थी भाइबहिनीहरू तथा सर्वसाधारण महानुभावहरुको समेत सहभागिता रहेको थियो ।


उक्त कार्यक्रमलाई संवोधन गर्दै संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले "शान्त समृद्ध समाजको आधार, घरेलु हिंसा रहित परिवार" भन्ने भनाईलाई हृदयगमन गरि आफ्नो टोल छिमेकमा भईरहेका लैंगिक तथा घरेलु हिंसा र विद्युतिय अपराध न्युनिकरणको लागि
आफु पनि जागौ र अरूलाई पनि जगाऔ र यस्ता किसिमका हिंसा तथा अपराधलाई समाजमा जरैदेखि निर्मुल पारौ भन्ने उदेश्यले यस्ता किसिमका सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा बताउनु भयो ।


साथै उक्त कार्यक्रममा संघकी कानूनी सल्लाहकार अधिवक्ता श्रीमती राधिका खतिवडाज्यूले घरेलु हिंसा र Cyber Crime भनेको के हो ? यस्ता किसिमका हिंसा तथा अपराधबाट कसरी बच्ने तथा न्यूनिकरण सम्बन्धी उपायहरु समेत बताउनु भएको थियो ।

 

छात्रवृत्ति प्रदान, शैक्षिक सामाग्री वितरण तथा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न...........................................................।
रौतहट,२०८० जेठ १३ गते आइतबार।
*********************
यस नेपाल प्रहरी श्रीमती संघद्धारा नेपाल पुलिस स्कुल गरूडा रौतहटमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामाग्री वितरण र विद्यालयलाई विभिन्न किसिमका ज्ञानवर्दक पुस्तकहरू हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
साथै उक्त कार्यक्रममा संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको अध्यक्षता तथा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेलज्यू, सचिव(प्रशासन) श्रीमती अजिता देवकोटा बास्तोलाज्यू, नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशका अध्यक्ष श्रीमती गरिमा पोखरेलज्यू, नेपाल प्रहरी श्रीमती संघका सह-सचिव(प्रशासन) श्रीमती अनिता ढकाल अधिकारीज्यू, अन्य पदाधिकारीज्यूहरू नेपाल पुलिस स्कुल गरूडा रौतहटका समादेशकज्यू, प्राचार्यज्यू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू,शिक्षक, शिक्षिकाज्युहरू,विद्यार्थी भाइवहिनीहरू तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो।

उक्त कार्यक्रममा अमर प्रहरी परिवारका ३ जना सन्ततिहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै प्रहरी परिवारका १६ जना र सर्वसाधरण तर्फ १४ जना गरी जम्मा ३० जना छात्रछात्राहरूलाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै विद्यालयलाई विभिन्न किसिमका ज्ञानवर्दक पुस्तकहरू समेत हस्तान्तरण गरिएको छ ।

आगलागीबाट प्रभावित पीडित परिवारहरुलाई राहत सामग्री वितरण कार्यक्रम सम्पन्न ।
............................................................................
सर्लाही, बि.सं. २०८१ जेठ १२ गते, शनिबार ।
***********************************
मिति २०८१।०१।२० गते जिल्ला सर्लाही बिष्णु गाउँपालिका वडा नं. १ बाराउधोरण पुर्व टोल स्थित भएको आगलागीबाट पीडित ६१ घर धुरीका परिवारहरुलाई आज मिति २०८१।०२।१२ गते अं.१५:१० बजेको समयमा नेपाल प्रहरी श्रीमती संघको आयोजना र नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशको सहकार्यमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमूख आतिथ्यता, बिष्णु गाउँपालिका अध्यक्ष जवाहर लाल प्रसाद यादवज्यूको विशेष उपस्थितिमा, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलज्यू, नेपाल प्रहरी श्रीमती संघकी प्रशासन सचिव अनिता देवकोटा वास्तोलाज्यू, नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशकी अध्यक्ष गरिमा पोखरेलज्यू, नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरूङज्यू, नेपाल प्रहरी श्रीमती संग मधेश प्रदेशकी पदाधिकारी मिना गुरूङज्यू, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहज्यू, नेपाल प्रहरी श्रीमती संघकी प्रशासन सह-सचिव अनिता ढकाल अधिकारी, बिष्णु गाउँपालिका वडा नं. १ का अध्यक्ष बिकाउ ठाकुर समेत गरी अं.२०० जनाको उपस्थितिमा उक्त स्थानमा रहेका ६५ घर परिवारलाई खाद्यान्न तथा राहत (चामल, चिउरा, दाल, तेल र तन्ना) सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

आगलागी पीडितहरुलाई सहयोग स्वरुप राहत वितरण कार्यक्रम सम्पन्न।
.…........................................................................
महोत्तरी, २०८१ जेठ १२ गते, शनिबार।
*******************************
मिति २०८० वैशाख १२ गते मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जरलहवा गाछीमा आगोलागीबाट क्षतिग्रस्त क्षेत्रका पीडितहरुलाई आज मिति २०८१।०२।१२ गते बिहान अं. ०९:०० बजे नेपाल प्रहरी श्रीमती संघको आयोजनामा “राहत सामाग्री वितरण” गरिएको छ ।
उक्त राहत बितरण कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री शिवराम गेलालज्यू, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक श्री यज्ञ बिनोद पोखरेलज्यू, नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशकी अध्यक्ष श्रीमती गरिमा कुमारी पोखरेलज्यू लगायत नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीज्यूहरु, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नकुल पोखरेलज्यू , स्थानीय तहका जन प्रतिनिधिहरु, संचारकर्मी, बुद्धिजीवि, स्थानीय भद्रभलाद्मीहरु समेतको उपस्थितिमा आगलागीबाट प्रभावित १०४ पीडित घर-परिवारहरुलाई राहत वितरण गरी उक्त कार्यक्रम ऐ.१०:३० बजे समापन भएको थियो।

--सिलाई कटाई तालिम समापन कार्यक्रम सम्पन्न ।
.....................................................................................
काठमाण्डौ २०८१, जेष्ठ १ गते ।
****************************
यस नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा नक्साल काठमाण्डौको
सहकार्य तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय कल्याण शाखा रानीपोखरी काठमाण्डौको आर्थिक सहयोगमा मिति २०८०/०९/१८ गते देखि सञ्चालित तिन महिना अवधिको सिलाई कटाई उन्नत तालिम समापन कार्यक्रम सम्पन्न भएको छ।
साथै उक्त कार्यक्रममा संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको अध्यक्षता तथा संघका उपाध्यक्ष श्रीमती
रूपा थापाज्यू, महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, कोषाध्यक्ष श्रीमती कल्पना गिरी,सचिव(प्रशासन) श्रीमती सन्ध्या जोशीज्यू,उपाध्यक्ष श्रीमती बिन्दु ढकाल अधिकारीज्यू,वरिष्ठ सल्लाहकार श्रीमती अनिता गुरुङज्यू , सचिव(प्रशासन) श्रीमती अजिता देवकोटा बास्तोलाज्यू,
सह-सचिव(प्रशासन) श्रीमती अनिता ढकाल अधिकारीज्यू,कार्यसमितिका पदाधिकारीहरु श्रीमती प्रेक्ष्यमा गोंगलज्यू,श्रीमती चेतना चन्द शाहीज्यू, श्रीमती अनिता ढकाल पौडेलज्यू नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकालज्यू , सिलाई
कटाई तालिमका प्रशिक्षक , प्रशिक्षार्थीहरू तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले यस तालिम पश्चात सम्पुर्ण प्रशिक्षार्थीहरुले
आफुले सिकेको ज्ञान तथा सिपलाई पेशागत रुपमा अवलम्बन गरी आर्थिक रुपमा समेत सवल र सक्षम भई आत्मनिर्भर बन्ने उत्प्रेरणा प्रदान गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र तथा सिलाई मेसिन समेत वितरण गर्नु भएको छ ।
साथै उक्त कार्यक्रमको सञ्चालन सचिव (कार्यक्रम) श्रीमती सन्ध्या जोशीज्यूले गर्नु भएको थियो भने तालिम
प्रतिवेदन तालिम संयोजक श्रीमती अनिता गुरुङज्यूले प्रस्तुत गर्नु भएको थियो ।

नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न।
......................................................
सुनसरी ,२०८१ बैशाख २८ गते ।
***************************
यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाण्डौ र नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश विराटनगरको संयुक्त आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय रानी बिराटनगरको सहकार्य तथा कोशी प्रदेश ईनरुवाको प्राविधिक सहयोगमा मिति २०८०।१२।२७ गते देखी मिति २०८१।०१।२८ गते सम्म सञ्चालित बाह्रबर्षे पिण्डेश्वर पुर्ण महाकुम्भ मेलामा पाल्नुहुने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरी मेला अवधिभर निरन्तर रुपमा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिविर तथा जल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
"सेवा नै धर्म हो" भन्ने मुल मन्त्रलाई आत्मसाथ गरी नेपाल प्रहरी श्रीमती संघद्धारा सञ्चालित उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाण्डौका पदाधिकारीज्यूहरु,नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीज्यूहरु, प्राविधिक टोली, मेला आयोजक समिति, स्थानिय जनप्रतिनिधीहरु र प्रहरी कर्मचारीहरु निरन्तर रुपमा खटिई उक्त कार्यक्रमलाई सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको थियो ।
साथै नेपाल प्रहरी श्रीमती संघले सामाजिक सेवाको क्षेत्रमा पुर्याउदै आएको योगदानको उच्च कदर गर्दै बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समारोह मुल आयोजक धरान समितिद्धारा संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू , महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू , सल्लाहकार श्रीमती निलम कडायतज्यू र प्र.ना.नि. भिमसेन बिक्रम थापालाई सम्मान- पत्र समेत प्रदान गरियो ।

आगलागी पीडितहरुलाई सहयोग स्वरुप राहत वितरण कार्यक्रम सम्पन्न।
.…........................................................................
महोत्तरी, २०८१ जेठ १२ गते, शनिबार।
*******************************
मिति २०८० वैशाख १२ गते मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जरलहवा गाछीमा आगोलागीबाट क्षतिग्रस्त क्षेत्रका पीडितहरुलाई आज मिति २०८१।०२।१२ गते बिहान अं. ०९:०० बजे नेपाल प्रहरी श्रीमती संघको आयोजनामा “राहत सामाग्री वितरण” गरिएको छ ।
उक्त राहत बितरण कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री शिवराम गेलालज्यू, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक श्री यज्ञ बिनोद पोखरेलज्यू, नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशकी अध्यक्ष श्रीमती गरिमा कुमारी पोखरेलज्यू लगायत नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीज्यूहरु, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नकुल पोखरेलज्यू , स्थानीय तहका जन प्रतिनिधिहरु, संचारकर्मी, बुद्धिजीवि, स्थानीय भद्रभलाद्मीहरु समेतको उपस्थितिमा आगलागीबाट प्रभावित १०४ पीडित घर-परिवारहरुलाई राहत वितरण गरी उक्त कार्यक्रम ऐ.१०:३० बजे समापन भएको थियो।

नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सञ्चालन

...............................................................................................

सुनसरी , २०८० चैत्र २७ गते 

*******************

यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाण्डौ र नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय रानी बिराटनगरको सहकार्य तथा कोशि प्रदेश ईनरुवाको प्राविधिक सहयोगमा धरान चतराधाममा मिति २०८० चैत्र १७ गते देखि मिति २०८१ बैशाख २८ गते सम्म सञ्चालित महाकुम्भ मेला अवधिभरको लागि मेलामा पाल्नुहुने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सञ्चालन गरिएको । 
उक्त कार्यक्रमको समुद्घाटनमा यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाण्डौबाट कोषाध्यक्ष श्रीमती कल्पना गिरीज्यू, सह-कोषाध्यक्ष श्रीमती कमला खनालज्यू, कार्यसमिती सदस्य श्रीमती चेतना चन्द शाहीज्यू , श्रीमती अनिता ढकाल पौडेलज्यू र नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङज्यू तथा अन्य पदाधिकारीज्यूहरु समेतको उपस्थिती रहेको थियो ।

“शान्ति सुरक्षामा नेपाल प्रहरीको भूमिका" विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न

................................................................................

काठमाण्डौ, २०८० माघ १९ गते ।

**************************

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डप काठमाण्डौको सभाहलमा "शान्ति सुरक्षामा नेपाल प्रहरीको भूमिका" विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको अध्यक्षतामा काठमाण्डौ महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलज्यूको प्रमुख आतिथ्यता र काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाज्यू, प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीज्यूको विशिष्ट आतिथ्यता तथा शिक्षा क्षेत्रका सम्बन्धित निकायका बिशेषज्ञ प्रतिनिधिज्यूहरु र नेपाल प्रहरी श्रीमती संघका उपाध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु र अन्य पदाधिकारीज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु विभिन्न विद्यालयका प्रधानध्यापक शिक्षक/शिक्षिका तथा विद्यालय प्रतिनिधीज्यूहरु समेतको उपस्थितीमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रहरी विद्यालय र काठमाण्डौ जिल्ला भित्रका सामुदायिक बिद्यालयबाट २५ जना विद्यार्थी भाइबहिनीहरूको सहभागिता रहेको थियो ।

संघका कार्यक्रम सचिव श्रीमती संध्या जोशीज्यूले उपस्थित प्रमूख अतिथि, अतिथिज्यूहरू लगायत सम्पुर्ण सहभागी विद्यालय तथा विद्यार्थी भाइबहिनीहरूलाई स्वागत गर्दै आफ्नो मन्तब्य राख्नु भएको र कार्यक्रमको उद्देश्य तथा औचित्यबारे संघका कानूनी सल्लाहकार अधिवक्ता राधिका खतिवडाले प्रकाश पार्नुभएको थियो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाज्यूद्वारा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको साथै प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलज्यूद्वारा आफ्नो मन्तब्यका क्रममा विद्यार्थी भाइबहिनीहरूलाइ उज्जवल भविष्यको कामना गर्दै शैक्षिक सफलताको समेत शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त बक्तृत्वकला प्रतियोगिताको निर्णायकको भूमिकामा साहित्यकारज्यूहरु मोमिला जोशी, महेश पौडेल र रामगोपाल आशुतोष रहनु भएको र उक्त कार्यक्रम नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकका शिक्षक साहित्यकार हरिहर तिमल्सिनाज्यूले संचालन गर्नु भएको थियो । सो अवसरमा संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्युले आफ्नो मन्तब्यको क्रममा शिक्षा नै मानव जिवनको अमुल्य धन हो भन्ने भनाईलाई हृदयगमन गरी बालबालिकाहरुको अन्तरनिहीत क्षमताको उजागर गर्ने उदेश्यले आजको यस वक्तित्वकला कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा पनि विद्यार्थी भाइबहिनीहरुभित्र रहेको विभिन्न किसिमको बाल प्रतिभालाई उजागर गर्ने किसिमका विविध कार्यक्रमहरु समेत आयोजना गर्ने प्रतिबद्दता ब्यक्त गर्नुहुँदै उल्लेखित उत्कृष्ट छात्र छात्राहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

१) श्री जनविकास माध्यामिक विद्यालय बल्खुमा कक्षा ९ मा अध्ययनरत छात्रा अस्मिता कार्कीले प्रथम स्थान हाँसिल गरी नगद रु. १०,०००/- (दश हजार रुपैया) द्वारा पुरस्कृत हुनु भएको ।

२) श्री नेपाल पुलिस स्कुल सामाखुशी काठमाण्डौमा कक्षा १० मा अध्ययनरत छात्रा मेलिसा कार्कीले द्धितीय स्थान हाँसिल गरी नगद रु. नगद रु. ७,०००/- (सात हजार रुपैया) द्वारा पुरस्कृत हुनु भएको ।

३) श्री शिवपुरी माध्यामिक विद्यालय महाराजगंजमा कक्षा १० मा अध्ययनरत छात्र गणेश सिमखडाले तृतीय स्थान हाँसिल गरी नगद रु. ५,०००/- (पाँच हजार रुपैया) द्धारा पुरस्कृत हुनु भएको ।

४) श्री जनकल्याण माध्यामिक बिद्यालय बौद्धमा कक्षा ९ मा अध्ययनरत छात्रा प्राश्ना दाहालले चतुर्थ स्थान हाँसिल गरी नगद रु. १,५००/- (एक हजार पाँच सय रुपैया) द्धारा पुरस्कृत हुनु भएको ।

५) श्री नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकमा कक्षा ९ मा अध्ययनरत छात्र ईशान देव कार्कीले चतुर्थ स्थान हाँसिल गरी नगद रु. १,५००/- (एक हजार पाँच सय रुपैया) द्धारा पुरस्कृत हुनु भएको ।

लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक *समान युग* नाटक प्रदर्शनी कार्यक्रम” सम्पन्न ।

............................................................................

गोंगबु-काठमाण्डौं, २०८० माघ १४ गते, आईतबार ।

************************************

नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८०/१०/१४ गते नयाँ बसपार्क गोंगबु, काठमाण्डौंमा लैंगिक हिंसा तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक *समान युग* नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त नाटक प्रदर्शनमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमुख आतिथ्यमा संघकी महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, कार्यक्रमका सभाध्यक्ष सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष श्री केदारनाथ पाठकज्यू, कार्यक्रम सचिव श्रीमती सन्ध्या जोशीज्यू, प्रशासन सचिव श्रीमती अजिता देवकोटा बास्तोलाज्यू, सह-कोषाध्यक्ष श्रीमती कमला खनालज्यू, सल्लाहकार श्रीमती सरला भट्टराई बस्नेतज्यू, प्रशासन सह-सचिव श्रीमती अनिता ढकाल अधिकारीज्यू, सदस्य श्रीमती संगिता लम्सालज्यू, सदस्य अरिना राईज्यू र कानूनी सल्लाहकार श्रीमती राधिका खतिवडाज्यू, प्रहरी वृत्त महाराजगंजका प्रमुख प्र.ना.उ. अमर बहादुर थापा क्षेत्रीज्यू, विभिन्न वडाबाट पाल्नु भएका वडा अध्यक्षज्यू तथा स्थानिय जनप्रतिनिधीज्यूहरु, पत्रकारज्यूहरु, विभिन्न संघ-संस्थाका प्रतिनिधीज्यूहरु, सर्वसाधारण महानुभावहरु, सुप्रिम कलेजका विद्यार्थीहरु लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

 

शैक्षिक सामग्री तथा न्यानाे कपडा वितरण कार्यक्रम सम्पन्न ।
........................................................................
चितवन, २०८० माघ १३ गते शनिबार ।
************************
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूकाे सक्रियतामा "मानवताका लागि एकता" काे भावना अनुरूप ७ बर्ष अगाडी चितवन जिल्लामा स्थापित "बालबालिकाहरूका लागि प्रहरी नागरिक अभियान नेपाल (p2c2) काे दाेस्राे साधारण सभा तथा पहिलाे अधिवेसन कार्यक्रमकाे अवसरमा नेपाल प्रहरी श्रीमती संघकाे आयाेजनामा उक्त संस्थामा रहनुभएका २९ जना बालबालिकाहरूका लागि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरद्वारा शैक्षिक सामग्री, न्यानाे कपडा ( ब्लाङ्केट, ट्रयाकसुट, जुत्ता माेजा, टाेपी ) तथा अन्य सामग्री वितरण गरिएकाे थियाे ।
साे अवसरमा उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू, संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू, भरतपुर महानगपालिकाकी मेयर रेणु दाहालज्यू, प्रहरी नायब महानिरीक्षकज्यूहरू लगायत सिनियर प्रहरी अधिकृतज्यूहरू, स्थानिय जनप्रतिनिधि, समाजसेवी तथा भद्रभलाद्मीज्यूहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।

 

निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न ।
........................................................................

धादिङ, २०८० माघ १२ गते ।

************************

नेपाल प्रहरी श्रीमती संघको आयोजना,नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राविधिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय खानीखोलाको समन्वय तथा व्यवस्थापनमा जिल्ला जिल्ला धादिङ थाक्रे गाँउपालिका वडा नं.७ स्थितमा रहेको
कालिका माध्यामिक विद्यालयमा नि:शुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूको अध्यक्षता तथा थाक्रे गाँउपालिकाका अध्यक्ष राम कुमार आचार्यको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी श्रीमती संघकी महासचिव अनुश्री पाख्रीनज्यू,सचिव कार्यक्रम श्रीमती सन्ध्या जोशीज्यू,
सह-कोषाध्यक्ष श्रीमती कमला खनालज्यू, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रज्यू,ज्यू,ईलाका प्रहरी खानीखोलाका प्रहरी निरीक्षक देवेन्द्र बहादुर शाहज्यू,थाक्रे गाँउपालिका वडा नं ७ का वडा अध्यक्ष युवराज खतिवडाज्यू लगायत अन्य प्रहरी अधिकृत
तथा कर्मचारीहरु समेतको उपस्थितीमा सम्पन्न भएको उक्त स्वास्थ्य शिविरमा ३६७ जना सर्वसाधरण महानुभावहरुले स्वास्थ्य परीक्षण गराई लाभान्वित हुनु भएको छ ।

उक्त स्वास्थ्य शिविर कार्यक्रममा स्त्री रोग, बाल रोग,नाक, कान, घाँटी तथा सामान्य चिकित्सा सेवा प्रदान गरी नि:शुल्क औषधी समेत वितरण गरिएको थियो भने उक्त विद्यालयमा अध्ययनरत चेपाङ समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा स्कुल ब्याग
समेत वितरण गरिएको छ ।

निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न ।
........................................................................

कपिलबस्तु, २०८० माघ ११ गते ।
*****************************

नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा UCMS रुपन्देहीकोको प्राविधिक सहयोगमा श्री राष्ट्रिय आधारभूत विद्यालय कृष्णनगर न.पा.१२ हृदयनगरमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूको प्रमुख आतिथ्यतामा संघकी सह-कोषाध्यक्ष श्रीमती कमला खनालज्यू अन्य पदाधिकारीज्यूहरु जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रमुखज्यू,
स्थानिय समाजसेवी, जनप्रतिनिधीज्यूहरु लगायत अन्य प्रहरी अधिकृत तथा कर्मचारीहरु समेतको उपस्थितीमा सम्पन्न भएको छ ।

उक्त स्वास्थ्य शिविर कार्यक्रममा स्त्री रोग, नाक, कान, घाँटी तथा सामान्य चिकित्सा सेवा प्रदान गरी नि:शुल्क औषधी समेत वितरण गरिएको थियो ।
 

लत्ताकपडा तथा खाद्यान्न सामाग्री वितरण कार्यक्रम ।
.................................................................
कपिलबस्तु, २०८० माघ ११ गते, बुधबार ।
***********************************
नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा जिल्ला प्रहरी कार्यालय तौलिहवा, कपिलबस्तुको सहकार्यमा कपिलबस्तु
बालगृह (बाल मन्दिर) मा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रमुखज्यूको विशेष आतिथ्यता लगायत जनप्रतिनिधीज्यूहरु समेतको उपस्थितीमा
लत्ताकपडा तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ ।

 

जाडोको न्यानो कपडा (कम्बल) वितरण कार्यक्रम सम्पन्न

*******************************************

चितवन,२०८० माघ १० गते बुधबार

नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं १० देवघाट स्थितमा रहेको धर्मदर्शन आश्रमको सभाहलमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको
प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीज्यूको विशेष आतिथ्यता तथा देवघाट क्षेत्र विकास समितिका पदाधिकारी,देवघाट दाहसंस्कार समितिका पदाधिकारी,देवघाटधाम टोल विकआ समितिका
पदाधिकारी लगायत जनप्रतिनिधीज्यूहरु समेतको उपस्थितीमा विभिन्न धर्मशालामा आश्रीत बृद्धबृद्धाहरूलाई १२० थान न्यानो कम्बल वितरण गरिएको 
 

आर्थिक सहयोग प्रदान ।
.........................................

काठमाण्डौं, २०८० माघ ०८ गते, सोमबार ।
************************************

मिति २०८०।१०।०७ गते यस नेपाल प्रहरी श्रीमती संघको कार्यसमितीको बैठकको निर्णयानुसार लामो समय देखि नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौंमा उपचार काजमा रहेकी नेपाल प्रहरीमा कार्यरत २४ वर्षिय
प्रहरी जवान आयुष्मा पुन मगरलाई यस संघकी अध्यक्ष लक्ष्मी कुँवरज्यू तथा अन्य पदाधीकारीज्यूहरुले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै संघको तर्फबाट कलेजो प्रत्यारोपणका लागि रु.२५,०००/- (पच्चिस हजार रुपैयाँ) र नेपाल प्रहरी अस्पतालको कोल्ड वार्डमा रहेका घाईते प्रहरी
कार्यालय सहयोगी शिव शंकर ओडलाई समेत प्रत्यक्ष भेट-घाट गरी शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस संघको तर्फबाट रु.३९,१०९/- (उनान्न चालिस हजार एक सय नौ रुपैया) आर्थिक सहयोग प्रदान गरियो ।


लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक *समान युग* नाटक प्रदर्शनी कार्यक्रम सम्पन्न ।
............................................................................

काठमाण्डौं, २०८० माघ ०७ गते, आईतबार । 
*******************************

नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८०/१०/०७ गते रोयल व्याङ्क्वेट तिनकुने, काठमाण्डौंमा लैंगिक हिंसा तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक *समान युग* नाटक प्रदर्शन कार्यक्रम सम्पन्न
भएको थियो ।

उक्त नाटक प्रदर्शनमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमुख आतिथ्यमा संघकी महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, कार्यक्रम सचिव श्रीमती सन्ध्या जोशीज्यू, बरिष्ठ सल्लाहकार श्रीमती अनिता गुरुङज्यू, प्रशासन
सचिव श्रीमती अजिता देवकोटा बास्तोलाज्यू, सह-कोषाध्यक्ष श्रीमती कमला खनालज्यू, सल्लाहकार श्रीमती रश्मी पोखरेलज्यू, श्रीमती निलम कडायतज्यू, श्रीमती बिन्दु ढकालज्यू, प्रशासन सह-सचिव श्रीमती अनिता ढकाल अधिकारीज्यू, सदस्य श्रीमती चेतना चन्द शाहीज्यू, श्रीमती राधा
खतिवडा पोखरेलज्यू र कानूनी सल्लाहकार श्रीमती राधिका खतिवडाज्यूको उपस्थिती लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

भालेश्वर महादेव मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।

......................................................................

काठमाण्डौं, २०८० माघ ०३ गते, बुधबार ।

*********************************

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपद्वारा आज मिति २०८०/१०/०३ गते बुधबारका दिन चन्द्रगिरी डाँडामा अवस्थित प्रसिद्ध भालेश्वर महादेवको मन्दिर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू, महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, सल्लाहकार श्रीमती निलम कडायतज्यू, सह-कोषाध्यक्ष श्रीमती कमला खनालज्यू, प्रशासन सह-सचिव श्रीमती अनिता ढकाल अधिकारीज्यू, सदस्य श्रीमती अनिता ढकाल पौडेलज्यू र श्रीमती राधा खतिवडा पोखरेलज्यू लगायत प्रहरी अधिकृत तथा जवानहरुको सामूहिक सहभागिता रहेको थियो ।

 

नेपाल प्रहरी श्रीमती संघद्वारा पलाञ्चोक भगवती काली देवी मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।

.................................................................

काभ्रेपलाञ्चोक, २०८० माघ ०२ गते, मंगलबार ।

**************************************

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा मिति २०८०/१०/०२ गते यस संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू, महासचिव श्रीमती अनुश्री पाख्रिनज्यू, सल्लाहकार श्रीमती निलम कडायतज्यू, सह-कोषाध्यक्ष श्रीमती कमला खनालज्यू, प्रशासन सह-सचिव श्रीमती अनिता ढकाल अधिकारीज्यू, सदस्य श्रीमती प्रेक्ष्यमा गोंगलज्यू, श्रीमती अनिता ढकाल पौडेलज्यू र श्रीमती राधा खतिवडा पोखरेलज्यूको उपस्थितिमा प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्रका प्रहरी कर्मचारीहरु र मन्दिर व्यवस्थापन समितिका सदस्यज्यूहरुको सामूहिक सहभागितामा पलाञ्चोक भगवती काली देवी मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।
साथै मन्दिर सरसफाईमा खटिनु भएका कार्यसमितिका पदाधिकारीज्यूहरु तथा प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्षज्यूले धन्यबाद समेत प्रदान गर्नु भयो ।

 


न्यानो कपडा (बलाङ्केट) वितरण कार्यक्रम सम्पन्न ।

....................................................................................

काठमाण्डौ, २०८० पौष २९ गते, आईतबार ।

**************************************

नेपाल प्रहरी श्रीमती संघद्वारा ड्यूटीको क्रममा घाईते तथा बिरामी भई नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौंको कोल्ड वार्डमा उपचाररत घाईते तथा बिरामी ७ (सात) जना प्रहरी कर्मचारीहरु (आश्रित परिवार) लाई संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू, सल्लाहकार श्रीमती निलम कडायतज्यू र सह-कोषाध्यक्ष श्रीमती कमला खनालज्यूको उपस्थितिमा जाडो याममा केही राहत मिलोस भनी न्यानो कपडा (बलाङ्केट) वितरण गरिएको हो ।

 

प्रहरी परिवारका (बुबा/आमा) जेष्ठ नागरिकहरुलाई सम्मान, नि:शुल्क स्वास्थ्य परीक्षण तथा सहभोजन कार्यक्रम सम्पन्न ।

....................................................................................

काठमाण्डौ, २०८० पौष २८ गते, शनिबार ।

**********************************

नेपाल प्रहरी श्रीमती संघद्वारा नेपाल प्रहरी परिवारका ७० बर्ष उमेर पुरा हुनु भएका (बुबा/आमा) जेष्ठ नागरिकहरुलाई सम्मान, नि:शुल्क स्वास्थ्य परीक्षण तथा सहभोजन कार्यक्रम नेपाल पुलिस हेल्थ क्लब, भृकुटीमण्डपको प्राङ्गण/सभाहलमा सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघकी महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, उपाध्यक्ष श्रीमती सिता ज्ञवालीज्यू, कोषाध्यक्ष श्रीमती कल्पना गिरीज्यू, कार्यक्रम सचिव श्रीमती सन्ध्या जोशीज्यू , सल्लाहकार श्रीमती निलम कडायतज्यू, सह-कोषाध्यक्ष श्रीमती कमला खनालज्यू, प्रशासन सह-सचिव श्रीमती अनिता ढकाल अधिकारीज्यू, कार्यसमिति सदस्य श्रीमती प्रेक्ष्यमा गोंगलज्यू, श्रीमती संगिता लम्सालज्यू, श्रीमती चेतना चन्द शाहीज्यू, श्रीमती अनिता ढकाल पौडेज्यू र श्रीमती राधा खतिवडा पोखरेलज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, जुनियर प्रहरी अधिकृतज्यूहरु, जेष्ठ नागरिक बुबाआमाहरु र अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले देश र जनताको लागि एउटा सुयोग्य सन्तानलाई जन्म दिई देश र जनताको सेवामा अहोरात्र समर्पित गराउनु हुने महान बुबा आमालाई उहाँहरुको त्याग र तपस्याको कदर गर्दै प्रशंसा स्वरुप सम्मान कार्यक्रम र प्रहरी कर्मचारीहरु देश र जनताको सेवामा २४ सै घण्टा तल्लित रहदा ड्यूटीको कार्यब्यस्तताले आफ्नो बुबाआमाको हेरचाह तथा स्वास्थ्य उपचारमा उचित समय दिन नसक्दा उहाँहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई हृदयगमन गरी नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम समेत आयोजना गरिएको बताउनु भयो ।


उक्त कार्यक्रममा २५ (पच्चिस) जना जेष्ठ नागरिक बुबाआमाहरुलाई सम्मान गर्नुका साथै उपस्थित बुबाआमाहरुले स्वास्थ्य परीक्षण गराई लाभान्वित हुनु भएको थियो भने कार्यक्रम समाप्त पश्चात सहभोजनको समेत व्यवस्था गरिएको थियो ।

 

 

बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न ।

..................................................................................

नक्साल, २०८० पौष २५ गते, बुधबार ।

**********************************

नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा स्टार अस्पताल लिमिटेड सानेपा हाईट ललितपुको प्राविधिक सहयोग र नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं.१ नक्सालको ब्यबस्थापनमा आज बिहान १०:०० बजे देखि १६:०० बजे सम्म नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको प्राङ्गण (खेलकुद मैदान) मा नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई लक्षित गरि बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू प्रमुख अतिथी रहेको उक्त निःशुल्क स्वास्थ्य शिविरमा संघकी महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, सह-कोषाध्यक्ष श्रीमती कमला खनालज्यू, प्रशासन सह-सचिव श्रीमती अनिता ढकाल अधिकारीज्यू, सदस्य श्रीमती प्रेक्ष्यमा गोंगल, श्रीमती संगिता लम्सालज्यू, श्रीमती अनिता ढकाल पौडेलज्यू र राधा खतिवडा पोखरेलज्यूको उपस्थितीमा संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा महिला प्रहरी कर्मचारी ८३ जना र पुरुष प्रहरी कर्मचारी ५९४ गरि जम्मा ६७७ जना प्रहरी कर्मचारीहरुले स्वास्थ्य परिक्षण गराई सेवा लिनुभएको थियो ।

“मानव सेवा नै सर्वोत्तम धर्म” मानेर बिभिन्न स्थान तथा समुदायमा परोपकारी कार्यहरु संचालन गर्दै आएको यस नेपाल प्रहरी श्रीमती संघले आज नेपाल प्रहरीमा नै कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवा गर्ने भावले उक्त स्थानमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, स्त्री रोग, नाक, कान, घाँटी, र हाडजोर्नी सम्बन्धी लगायत अन्य बिभिन्न रोगहरुको चेकजाँच गर्नुका साथै निःशुल्क औषधी समेत बितरण गरेको थियो । निःशुल्क उपचारमा संलग्न स्टार अस्पतालका स्वास्थ्यकर्मीहरुलाई संघकी अध्यक्षज्यूद्वारा प्रशंसा-पत्र तथा मायाको चिनो समेत प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक श्रीमान् बसन्त बहादुर कुँवरज्यू लगायत नेपाल प्रहरी प्रधान कार्यालयमा कार्यरत तथा उपत्यका स्थित अन्य प्रहरी कार्यालयमा कार्यरत प्र.अ.म.नि.ज्यूहरु, प्र.ना.म.नि.ज्यूहरु, प्र.ब.उ.ज्यूहरु लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुको विशेष उपस्थिति रहेको थियो ।

 

 

नेपाल प्रहरी श्रीमती संघद्वारा पलाञ्चोक भगवती मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।

..........................................................................................................................................

काभ्रेपलाञ्चोक, २०८० पुष २४ गते, मंगलबार ।

*****************************************

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा मिति २०८०/०९/२४ गते यस संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू, महासचिव श्रीमती अनुश्री पाख्रिनज्यू, कोषाध्यक्ष श्रीमती कल्पना गिरीज्यू, कार्यक्रम सचिव श्रीमती सन्ध्या जोशीज्यू, सह-कोषाध्यक्ष श्रीमती कमला खनालज्यू, सल्लाहकार श्रीमती रश्मी पोखरेलज्यू, श्रीमती दिपा भट्ट जोशीज्यू, प्रशासन सह-सचिव श्रीमती अनिता ढकाल अधिकारीज्यू र सदस्य श्रीमती राधा खतिवडा पोखरेलज्यूको उपस्थितिमा प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्रका प्रहरी कर्मचारीहरु र मन्दिर व्यवस्थापन समितिका सदस्यज्यूहरुको सामूहिक सहभागितामा पलाञ्चोक भगवती मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।

साथै मन्दिर सरसफाईमा खटिनु भएका प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्षज्यूले धन्यबाद समेत प्रदान गर्नु भयो ।

 

 


निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न ।

........................................................................

काठमाण्डौ, २०८० पौष १८ गते ।

*****************************

नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा स्टार अस्पताल लिमिटेड सानेपा ललितपुरको प्राविधिक सहयोगमा नेपाल प्रहरी पहरा गण सामाखुशी काठमाण्डौको प्राङ्गणमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।


नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूको प्रमुख आतिथ्यता तथा संघकी महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू,सल्लाहकार श्रीमती निलम कडायतज्यू, सह-कोषाध्यक्ष श्रीमती कमला खनाल ज्यू, संघका अन्य पदाधिकारीज्यूहरु, नेपाल प्रहरी विपद् ब्यवस्थापन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क.ज्यू नेपाल प्रहरी पहरा गणका प्रमुख प्रहरी उपरीक्षक विमलराज कडेलज्यू लगायत अन्य प्रहरी अधिकृत तथा कर्मचारीहरु समेतको उपस्थितीमा सम्पन्न भएको उक्त स्वास्थ्य शिविरमा ४६६ जना प्रहरी कर्मचारी तथा प्रहरी परिवारका सदस्यहरुले स्वास्थ्य परीक्षण गराई लाभान्वित हुनु भएको छ ।

उक्त स्वास्थ्य शिविर कार्यक्रममा स्त्री रोग, नाक, कान, घाँटी तथा सामान्य चिकित्सा सेवा प्रदान गरी नि:शुल्क औषधी समेत वितरण गरिएको थियो भने उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलेज्यूले ''सेवा नै धर्म हो'' भन्ने आदर्श वाक्यलाई हृदयगमन गरि स्थापना भएको संघको उदेश्यलाई निरन्तरता दिदै यस संघले अनवरत रुपमा मानवीय सेवामा समर्पित भई निस्वार्थ भावले विभिन्न सामाजिक तथा मानव कल्याण र प्राकृतिक प्रकोपमा समेत सहयोग पुर्याउदै आएको कुरा अवगत गराउनु भयो ।

साथै उक्त स्वास्थ्य शिविर कार्यकम सञ्चालनको प्रारम्भ देखि समापन सम्म निरन्तर रुपमा खटिई निस्वार्थ भावले सेवा प्रदान गर्ने बिशेषज्ञ चिकित्सक ज्यू लगायत प्राविधीक टोली र कार्यक्रम ब्यवस्थापनमा सहयोग पुर्याउनु हुने प्रहरी कर्मचारीहरुको योगदानको प्रशंसा गर्दै प्रशंसा पत्र समेत प्रदान गर्नु भएको छ ।

 

 सिलाई कटाई उन्नत तालिम पहिलो समुहको समुद्‍घाटन कार्यक्रम सम्मन्न ।

..............................................................................................................................

काठमाण्डौ, २०८० पौष १८ गते ।

******************************

नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाको समन्वय तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय कल्याण शाखा रानीपोखरी काठमाण्डौको सहयोगमा ३ महिना अवधिको “सिलाई कटाई उन्नत” तालिम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूको अध्यक्षता तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौका प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा ज्यूको प्रमुख आतिथ्यतामा पानसमा दिप प्रज्वलन गरी तालिमको समुद्घाटन भएको छ ।

उक्त तालिमलाई सम्बोधन गर्दै संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले नेपाल प्रहरीका अमर प्रहरी परिवार, अशक्त प्रहरी परिवार, बहालवाला प्रहरी परिवार र पुर्व प्रहरी परिवारका सदस्यहरुलाई सीप मुलक तालिम प्रदान गरि ब्यवसायिक ज्ञान, सीप र क्षमता अभिवृद्धी गरि आर्थीक रुपमा सक्षम र आत्मानिर्भर बनाउने उदेश्यले यस तालिम संचालन गरिएको कुरा बताउनु भयो । तालिममा उपस्थित प्रशिक्षक तथा सम्पुर्ण प्रशिक्षार्थीहरुलाई दृढ ईच्छा शक्ति, अनुशासित र मर्यादित ढङ्गबाट तालिम सम्पन्न गर्न गराउनको लागि शुभकामना समेत प्रदान गर्नु भई तालिम संयोजक तथा अन्य पदाधिकारीज्यूहरुलाई तालिम अवधीभर आवश्यक समन्वय र सहकार्य गर्दै प्रभावकारी रुपमा तालिम संचालन तथा व्यवस्थापनमा सहयोग पुर्याउन समेत निर्देशन प्रदान गर्नु भयो।

उक्त तालिमको समुद्धाटन कार्यक्रममा संघकी उपाध्यक्ष श्रीमती रुपा थापा ज्यू, कोषाध्यक्ष श्रीमती कल्पना गिरीज्यू, कार्यक्रम सचिव श्रीमती सन्ध्या जोशी ज्यू, सल्लाहकार श्रीमती रश्मी पोखरेलज्यू, श्रीमती दिपा भट्ट जोशीज्यू, श्रीमती गरिमा पोखरेलज्यू लगायत अन्य पदाधिकारीज्यूहरु र नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रहरी उपरीक्षक राजिव बस्नेतज्यू अन्य प्रहरी अधिकृतज्यूहरु तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।

साथै उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुलाई आवश्यक सिलाईका सामाग्री तथा कपडा प्रशिक्षकद्वय लाई हस्तान्तरण समेत गरिएको ।

 

नेपाल प्रहरी श्रीमती संघद्वारा जिल्ला दैलेख भैरवी गाउँपालिका वडा नं.५ स्थित कागेतडामा बसोबास गर्दै आएका राउटे समुदायमा स्वास्थ्य शिविर सञ्चालन ।

**************************************************************************************

मिति २०८० मंसिर २७ गते, बुधबार ।

********************************

नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू लगायत कार्यसमितिका पदाधिकारीज्यूहरूबाट दैलेख जिल्ला स्थित भैरबी गाउँपालिका वडा नम्बर ५ कागेतडामा बसोबास गर्दै आईरहेका लोपन्मुख राउटे समुदायमा "स्वास्थ्य शिविर" सञ्चालन गरिएको छ । सल्लाको दियाँलो बालेर शुभारम्भ गरिएको उक्त शिविरमा न्यानो कपडा, बिस्कुट र फलफूल समेत वितरण गरिएको थियो ।
दैलेख जिल्लाको भैरबी गाउँपालिका वडा नम्बर ५ स्थित कागेतडामा बसोबास गर्दै राउटे समुदायका १७ महिला र ३९ पुरूष गरी ५६ जनाको स्वास्थ्य चेकजाँच र औषधी वितरण गर्नुको साथै १५६ जनालाई जाडोबाट बच्नको लागि न्यानो कपडा (कम्बल), १५ कार्टुन बिस्कुट र ३ कार्टुन फलफूल समेत वितरण गरिएको थियो ।

सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने नेपाल प्रहरी श्रीमती संघको उद्देश्य मानविय सेवा प्रदान गर्ने भएकाले राउटे समुदाय पनि समाजको हिस्सेदार समुदाय भएको हुँदा यो शिविरको आयोजना गरिएको कुरा श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूले बताउनु भयो । मौसम परिवर्तन सँगै जाडो मौसमको सुरूवात भई रहेको अवस्थामा राउटे समुदायको फरक जिवनशैली र पुरा शरिर ढाक्ने लुगा कपडा नलगाउने चलनका कारण चिसोबाट बच्न न्यानो कपडा (कम्बल) समेत वितरण गरिएको जानकारी गराउनु भयो ।

त्यसैगरी स्वास्थ्य शिविरबाट सम्पुर्ण राउटे समुदायले आजका दिनबाट बिरामी हुनासाथ स्वास्थ्य जाँच गराउनु पर्ने रहेछ भन्ने कुराको चेतना वृद्धि हुने र यस समुदायका मुखियाले स्वास्थ्य प्रति सचेत रहन सबैलाई जानकारी गराउने अपेक्षा पनि यस कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो । कार्यक्रममा श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरज्यूले स्वास्थ्य शिविर आजोजना गर्न सहयोग गर्नुहुने स्वास्थ्यकर्मीहरूलाई प्रशंसा पत्र प्रदान समेत गर्नु भएको थियो ।

नि:शुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण कार्यक्रममा संघकी अध्यक्षज्यू लगायत महासचिव श्रीमती अनुश्री पाख्रीन, केन्द्रिय कार्य समिति सल्लाहाकार श्रीमती निलम कडायत, सह-कोषाध्यक्ष श्रीमती कमला खनाल साथै नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ज्यू, भैरवी गाउँपालिकाका अध्यक्ष रिता कुमारी शाही, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक शुसिल सिंह राठौर, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा. अच्युत बिक्रम हमाल, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्साल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायत स्थानीय जनप्रतिनिधिहरू र संचारकर्मी समेतको उपस्थिती रहेको थियो ।

 


नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू लगायत कार्य समितिका पदाधिकारी ज्यूहरूबाट जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितहरूलाई राहात वितरण

*****************************************************************

मिति २०८० मंसिर २६ गते, मंगलबार ।

*************************

मिति २०८० कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट पीडितहरूलाई नेपाल प्रहरी श्रीमती संघद्धारा आयोजित ‘भूकम्प पीडितलाई राहात वितरण’ कार्यक्रममा संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू लगायत कार्य समितिका पदाधिकारी ज्यूहरूबाट विभिन्न राहात सामाग्री वितरण गरिएको छ ।
जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर १ राउत गाउँमा रहेका भूकम्प पीडितहरू सुत्केरी महिला- ४२, विद्यार्थी- ५०, मृतकका आफन्त - ३१, ज्येष्ठ नागरिक - ४ गरी जम्मा १२७ घरपरिवार र रूकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर - १४ छेपारेमा ४२ मृतकका २८ घरपरिवारलाई राहात सामाग्री वितरण गरिएको छ । भूकम्पबाट पीडित भएका विद्यार्थीहरूको लागि झोला, कापी र कलम साथै अन्य घर परिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर, मण्डी, टोपी स्विटर र Aquabox वितरण गरिएको थियो ।

राहात वितरणको क्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर ज्यूले जाजरककोट र रूकुम पश्चिमामा स्थलगत रूपमा पुगी भूकम्प प्रभावित व्यक्ति, परिवारलाई आफूहरूले गरेको मानविय सहयोगबाट आपसी सद्भाव, एकता र राष्ट्रिय भावनाको विकास हुने हुँदा यस्तो विपदको समयमा सबै एकजुट भएर एकअर्कालाई सहयोग गर्नु हामि सबैको साझा दायित्व रहेको कुरा व्यक्त गर्नु हुँदै भुकम्पमा ज्यान गुमाएका नागरिकहरू प्रति श्रद्धान्जली तथा शोक सन्तप्त परिवार प्रति समवेदना र घाईते व्यक्तिहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने नेपाल प्रहरी श्रीमती संघले सदैव पीडामा परेका नागरिकहरूलाई जुनसुकै परिस्थितिमा पनि सेवा प्रदान गर्नको लागि अहोरात्र खटिरहेको र भूकम्प पीडित परिवारहरूलाई तत्काल राहात प्रदान गर्नको लागि नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट रू ५ लाख ५५ हजार ५ सय ५५ रूपैँया उपलब्ध गराईसकेको व्यहोरा समेत जानकारी गराउनु भयो ।

राहत वितरण कार्यक्रममा श्रीमती संघकी अध्यक्ष ज्यू लगायत महासचिव श्रीमती अनुश्री पाख्रीन, केन्द्रिय कार्य समिति सल्लाहाकार श्रीमती निलम कडायत, सह-कोषाध्यक्ष श्रीमती कमला खनाल साथै नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ज्यू, जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा आठविसकोट नगरपालिकाका उप-प्रमुख धन कुमारी कुसारी ज्यू लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।


नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

------------------------------------------------------------

आज मिति २०८०।०८।२२ गते शुक्रबार यस नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा स्टार अस्पताल लि.को प्राविधिक सहयोगमा जिल्ला काठमाण्डौ दक्षिणकाली नगरपालिका वडा नं.०५ सतीखेल स्थितमा रहेको अरुणोदय माध्यामिक विद्यालयमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको ।

उक्त कार्यक्रम संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूको अध्यक्षता तथा दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत ज्यूको विशेष अतिथ्यतामा संघकी महासचिव श्रीमती अनुश्री पाख्रीन, कोषाध्यक्ष श्रीमती कल्पना गिरी, सह-कोषाध्यक्ष श्रीमती कमला खनाल, सल्लाहकार श्रीमती निलम कठायत, सह-सचिव (प्रशासन)श्रीमती अनिता ढकाल अधिकारी र कार्यसमिती सदस्य श्रीमती संगिता लम्सालज्यू र दक्षिणकाली नगरपालिकाको उप-प्रमुख बसन्ती तामाङ डंगोल ज्यू, वडा अध्यक्षज्यूहरु र सामुदायिक सेवा केन्द्र फर्पिङका अध्यक्ष श्याम बहादुर खत्री समेतको उपस्थितीमा सम्पन्न भएको ।

उक्त नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा स्त्रीरोग, हाडजोर्नी, बालरोग, सामान्य शल्यक्रिया, E.N.T., जनरल फिजिशियन समेतको बिशेषज्ञहरुद्धारा सेवा प्रदान गरिएको र सर्वसाधरण तथा प्रहरी कर्मचारीहरू समेत गरी जम्मा ३१७ जनाले स्वास्थ्य सेवा लिनु भएको ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले मानव सेवामा समर्पित नेपाल प्रहरी श्रीमती संघले सर्वसाधरण महानुभावहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा बिशेषज्ञ सहितको प्राविधिक सहयोग तथा ब्यवस्थापन गर्ने सहयोगी मनहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा समेत यस्ता सेवा मुलक कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिज्ञा समेत गर्नु भएको थियो ।


मैतीदेवी मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।

...............................................................................

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा मिति २०८०/०८/१६ गते यस संघकी महासचिव अनुश्री पाख्रिन ज्यू लगायतका पदाधिकारीज्यूहरु, प्रहरी वृत मालीगाँउका प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्र कालोपुल एवं नक्सालका प्रहरी कर्मचारीहरु र मैतीदेवी मन्दिर व्यवस्थापन समितिको सामूहिक सहभागितामा मैतीदेवी मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।

 

 

गुहेश्वरी मन्दिर सरसफाई कार्यक्रम सम्पन्न।

...............................................................................

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा मिति २०८०/०८/१६ गते यस संघकी कार्यक्रम सचिव सन्ध्या जोशी ज्यू लगायत कार्यसमितिका पदाधिकारीज्यूहरु, प्रहरी वृत गौशालाका प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्र चावहिलका प्रहरी कर्मचारीहरु एवं पदाधिकारीज्यूहरु र गुहेश्वरी मन्दिर व्यवस्थापन समितिको सामूहिक सहभागितामा गुहेश्वरी मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।

 

 

बंगलामुखी मन्दिर सरसफाई कार्यक्रम सम्पन्न।
...............................................................................
नेपाल प्रहरी श्रीमती संघको आयोजनामा मिति २०८०/०८/१२ गते यस संघकी महासचिव श्रीमती अनुश्री पाख्रिन ज्यू लगायत कार्यसमितिका पदाधिकारीज्यूहरु, जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी प्रभाग मंगलवजार ललितपुरका प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्र ललितपुरका प्रहरी कर्मचारीहरु, ११ नं. वडा कार्यालय ललितपुरका वडा अध्यक्ष अरोज कुमार खड्की ज्यू लगायत सदस्य ज्यूहरु र बंगलामुखी मन्दिर व्यवस्थापन समितिको सामूहिक सहभागितामा ललितपुर महानगरपालिका वडा नं.११ स्थित बंगलामुखी मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।

 

कानूनी परामर्श तथा सचेनता कार्यक्रम सम्पन्न ।
-------------------------------------------
नेपाल प्रहरी श्रीमती संघको उद्देश्य अनुरुप जनचेतनामूलक कार्यक्रम अन्तर्गत संघको आयोजनामा नेपाल पुलिस स्कुल साँगा काभ्रेमा मिति २०८०/०८/०८ गते यस संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू लगायत संघका पदाधिकारीज्यूहरु र कानूनी सल्लाहकारज्यूको उपस्थितिमा कानुनी परामर्श तथा सचेतना कक्षा सम्पन्न भएको छ ।
 
विद्यालयका सह-प्रधानाध्यापक नवराज बस्नेतज्यूले संचालन गर्नु भएको सो कार्यक्रममा समादेशक प्र.ना.उ. निरन्जन दत्त भट्टज्यूले स्वागत मन्तब्य दिनुभएको थियो । संघका कानूनी सल्लाहकार अधिवक्ता राधिका खतिवडाज्यूले बाल अधिकार सम्वन्धी जानकारी (सचेतना) प्रदान गर्नुभएको थियो भने विद्यालयले उपलब्ध गराएको समय, स्थानलाई धन्यवाद व्यक्त गर्दै बद्लिदो परिवेश अनुसार व्यवसायिक र प्राविधियुक्त शिक्षक सिकाईमा जोड दिनुपर्ने धारणा राख्दै संघकी अध्यक्ष लक्ष्मी कुँवरज्यूले मन्तव्य दिनुभएको थियो र कार्यक्रममा प्रधानाध्यापक मोहन पौडेलज्युले धन्यवाद ज्ञापन गरी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको थियो ।

 

घाईते प्रहरी कर्मचारीहरुलाई उपचारका लागि आर्थिक सहयोग प्रदान ।
……………………………………………………………………………………………..
कर्तव्य पालनाको सिलसिलामा घाईते भई नेपाल प्रहरी अस्पताल महाराजगंजको कोल्ड वार्डमा उपचारार्थ रहेका प्रहरी कर्मचारीहरुलाई मिति २०८०/०८/०६ गते यस संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू लगायत संघका पदाधिकारीज्यूहरुले प्रत्यक्ष भेटघाट गरि शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि आर्थिक सहयोग प्रदान कार्य सम्पन्न ।

 

"देउसी भैलो कार्यक्रम २०८०"

भूकम्प पीडितहरुलाई सहयोगार्थ मिति २०८०।०७।२७ गते सोमबार यस संघको आयोजनामा नेपाल प्रहरी महानिरीक्षकज्यूको निवास नक्साल, काठमाण्डौंमा श्रद्देय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू प्रमुख अतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू, प्रहरी अतिरीक्त महानिरीक्षकज्यूहरु, यस संघका पदाधिकारीज्यूहरु, प्रहरी नायव महानिरीक्षकज्यूहरु र सिनियर प्रहरी अधिकृत तथा जवानहरुको सामुहिक सहभागितामा हर्सोल्लासका साथ "देउसी भैलो कार्यक्रम २०८०" सम्पन्न ।

 


भुकम्प पीडितहरुको सहयोगार्थ सम्माननिय प्रधानमन्त्रीज्यूलाई चेक हस्तान्तरण कार्यक्रम सम्पन्न ।

मिति २०८०।०७।२७ गते सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूको निवास बालुवाटारमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू लगायत संघका पदाधिकारी ज्यूहरुको समुपस्थितिमा भुकम्प पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा आर्थिक सहयोग रकम रू.५,५५,५५५/- को चेक हस्तान्तरण कार्यक्रम सम्पन्न ।

 

"देउसी भैली कार्यक्रम २०८०"

भूकम्प पीडितहरुलाई सहयोगार्थ मिति २०८०।०७।२५ गते शनिवार यस संघको आयोजनामा सशस्त्र प्रहरी महानिरीक्षकज्यूको निवास ठूलोभर्‍याङ, काठमाण्डौंमा श्रीमान् सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछानेज्यू लगायत दुबै संघका पदाधिकारीज्यूहरु र प्रहरी अधिकृत तथा जवानहरुको सामुहिक सहभागितामा हर्सोल्लासका साथ "देउसी भैलो कार्यक्रम २०८०" सम्पन्न ।

 

मिति २०८०।०७।२२ गते बुधबार यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौ र स्थानिय अस्पतालको प्राविधिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय दोलखाको समन्वयमा जिल्ला दोलखा विगु गाँउपालिका वडा न. ४ सिंगटी स्थित भैरवेश्वर महादेव मन्दिरको प्राङ्गणमा स्त्रीरोग, नाक कान घाँटी, दन्तरोग तथा जनरल फिजिसियन सेवाको बिशेषज्ञहरुद्धारा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएकोमा उक्त कार्यक्रममा उल्लेखनिय सहभागिता सहित ३२२ जना सर्वसाधरण महानुभावहरुले स्वास्थ्य सेवा लिनु भएको ।

 

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा मिति २०८०/०७/२२ गते यस संघकी महासचिव श्रीमती अनुश्री पाख्रिन ज्यू लगायत संघका पदाधिकारी ज्यूहरुकाठमाण्डौ उपत्यका बिशेष सुरक्षा गण त्रिपुरेश्वरप्रहरी वृत्त जनसेवा सामुदायिक सेवा केन्द्र जनसेवाका प्रहरी कर्मचारीहरु र संकटा क्लबको सामूहिक सहभागितामा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.-२२ टेबहाल स्थित संकटा मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।

 

शिवालय मन्दिर सरसफाई कार्यक्रम सम्पन्न।
........................................................
नेपाल प्रहरी श्रीमती संघको आयोजनामा मिति २०८०/०७/१६ गते यस संघकी महासचिव श्रीमती अनुश्री पाख्रिन ज्यू लगायत अन्य सदस्य ज्यूहरु, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी कर्मचारीहरु, ३ नं. वडा कार्यालय धनकुटाका वडा अध्यक्ष ज्यू लगायत सदस्य ज्यूहरु र शिवालय मन्दिर व्यवस्थापन समितिको सामूहिक सहभागितामा धनकुटा नगरपालिका वडा नं.३ स्थित स्याउले शिवालय मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।
 
घाईते प्रहरी कर्मचारीहरुलाई उपचार लागि आर्थिक सहयोग प्रदान ।
……………………………………………………………………………………………
कर्तव्य पालनाको सिलसिलामा घाईते भई नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचारार्थ रहेका प्रहरी कर्मचारीहरु लगायत अस्पतालमा उपचार्थ रहेका अन्य बिरामीहरुलाई मिति २०८०।०७।१२ गते यस संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू लगायत संघका पदाधिकारी ज्यूहरुले प्रत्यक्ष भेटघाट गरि शिघ्र स्वास्थ्य लाभको कामना सहित यस संघको ३९ औं वार्षिकोत्सव २०८० को अवसरमा गरिएको निर्णयानुसारको घाईते प्रहरी कर्मचारीहरुलाई उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण कार्य सम्पन्न ।
 

नेपाल प्रहरीको ६८ औं वार्षिकोत्सवको अवसरमा मिति २०८०।०६।२९ गते यस नेपाल प्रहरी श्रीमती संघद्धारा नेपाल प्रहरी प्रधान कार्यालयको प्राङ्गणमा रहेको शिव मन्दिर तथा दुर्गा मन्दिरमा विशेष पुजा गरि घण्टा अर्पण तथा वृक्षारोपण गर्नुका साथै संघकी अध्यक्ष लक्ष्मी कुँवर ज्यूद्धारा अमर प्रहरी परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको कार्यक्रमका केही झलकहरु.............................

यस संघको आयोजना तथा नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा नक्साल काठमाण्डौ र काठमाण्डौ उपत्यका प्रहरी कार्यालय कल्याण शाखा रानीपोखरी काठमाण्डौको सहयोगमा मिति २०८०।०३।२० गते देखि मिति २०८०।०६।२९ गते सम्म संचालित ३ (तीन) महिने नि:शुल्क " सिलाई कटाई आधारभूत तालिम" दशौ समुहको आज मिति २०८०।०६।२९ गते यस संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू लगायत संघका पदाधिकारी ज्यूहरुको उपस्थितीमा समापन कार्यक्रम सम्पन्न ।

निशुल्क खानेपानी वितरण तथा जनचेतनामुलक” कार्यक्रम सम्पन्न ।
……………………………………………………….
६८ औं प्रहरी दिवसको २०८० को अवसरमा नेपाल प्रहरी संगित विद्यालयद्वारा मिति २०८०।०६।२४ गते ललितपुरको पाटन कृष्ण मन्दिरमा आयोजित “सांगितिक कन्सर्ट व्याण्ड प्रदर्शनी” कार्यक्रममा यस संघद्वारा संचालित “निशुल्क खानेपानी वितरण तथा जनचेतनामुलक ” कार्यक्रमका केही झलकहरु 

 

गोकर्णेश्वर महादेव मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।...............
***************************************************************
"सेवा नै धर्म हो" भन्ने मूल नारासहित नेपाल प्रहरी श्रीमती संघको "सामाजिक उत्तरदायित्व क्रियाकलाप" अन्तर्गत नेपाल प्रहरी श्रीमती संघको आयोजनामा मिति २०८० साल असोज १५ गते का.जि. गोकर्णेश्वर न.पा. -४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरको सरसफाई कार्यक्रम सम्पन्न............
उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवर ज्यू लगायत संघका पदाधिकारी ज्यूहरु, गोकर्णेश्वर न.पा. उप-प्रमुख सान्नानी लामा ज्यू, गोकर्णेश्वर महादेव मन्दिर व्यवस्थापन समिति सदस्यहरु, वडाध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरु, प्रहरी वृत्त बौद्द, सामूदायिक प्रहरी सेवा केन्द्र जोरपाटीका प्रहरी कर्मचारीहरु लगायत स्थानीयवासीहरुको सामूहिक सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएको कार्यक्रमको केही झलकहरु.......


विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाई तथा संरक्षण कार्यक्रम सम्पन्न गरिएको

****************************************************************

"सेवा नै धर्म हो" भन्ने मूल नारा सहित नेपाल प्रहरी श्रीमती संघको “सामाजिक उत्तरदायित्व क्रियाकलाप” अन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाई तथा संरक्षण कार्यक्रमको सिलसिलामा आज मिति २०८०/०६/०६ गते श्री स्वयम्भू महाचैत्य विहार परिसर, स्वयम्भूको सरसफाई तथा फोहोरमैला व्यवस्थापन कार्यक्रम सम्पन्न गरिएको ।।

उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुवंरको नेतृत्वमा श्रीमती संघका पदाधिकारीज्यूहरु, स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका सदस्यहरु, स्वयम्भू प्रहरी वृत्त, पर्यटक प्रहरी स्वयम्भू, प्रहरी कर्मचारी, स्थानिय जनप्रतिनिधि तथा स्थानिय भद्रभलाद्मीहरुको सहभागिता रहेको व्यहोरा जानकारी गराइन्छ ।
कार्यक्रमका केहि झलकहरु............

 

 

नि:शुल्क खानेपानी वितरण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न.................................

मिति २०८०।०६।०१ गते यस नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राविधिक सहयोगमा नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०८० को पावन अवसरमा श्री पशुपतीनाथको मन्दिरमा पाल्नु हुने श्रद्धालु भक्तजनहरुको लागि नि:शुल्क खानेपानी वितरण तथा स्वास्थ्य शिविर कार्यक्रमका केही झलकहरु.

 

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा मिति २०८०।०५।२२ गते नेपाल प्रहरी श्रीमती संघद्धारा आयोजित  शुभकामना आदान-प्रदान कार्यक्रम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सम्पन्न.
संघको कार्यक्रम सचिव  सन्ध्या जोशी ज्यूले संचालन गर्नु भएको उक्त कार्यक्रममा संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूले सम्पुर्णमा सौभाग्यको सामाग्री वितरण गरी तीजको शुभकामना  मन्तब्य ब्यक्त गर्दै यस्ता कार्यक्रमहरुले आपसी सद्भाव कायम राख्दै धर्म संस्कृतिको जगेर्ना गर्न योगदान पुर्याउने विश्वास ब्यक्त गर्नु भयो  भने अन्य संघका पदाधिकारी तथा सदस्यज्यूहरुबाट कविता वाचन, नृत्य लगाएत विविध सांस्कृतिक एव मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न भएको.

 

मिती २०८०।०५।२१ गते नजिकिदै गरेको नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा यस संघद्वारा काठमाण्डौ जिल्ला गोकर्णेश्वर नगरपालिका बडा नं. ८ माकलवारी स्थितमा रहेको मेरुदण्डिय पक्षघात समुह नेपालमा रहनु भएका दाजुभाई दिदिबहिनीहरुलाई दर खुवाउनको लागि खाद्यान्न सामाग्री हस्तान्तरण कार्य सम्पन्न ।

 

 
मिती २०८०।०५।१९ गते नजिकिदै गरेको नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा यस संघद्वारा निम्न वृद्ध आश्रम तथा बालआश्रमहरुमा रहनु भएका आमा बुवाहरु र बालबालिकाहरुलाई दर खुवाउनको लागि खाद्यान्न सामाग्री हस्तान्तरण कार्य सम्पन्न ।
निम्न :-
१) जिल्ला काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. ९ स्थितमा रहेको प्राणनाथ माइती वृद्ध आश्रम ।
२) जिल्ला काठमाण्डौ सर्वेश्वर नयाँवस्तीमा रहेको आमा बुवा केयर होम ।
३) जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. ११ बवरमहल स्थितमा रहेको विवेक स्वच्छ सेवा केन्द्र (बाल आश्रम) ।
४) जिल्ला काठमाण्डौ का.म.न.पा. २ लाजिम्पाट स्थितमा रहेको साहारा असाहय बाल सुधार गृह ।
 

मिती २०८०।०५।०४ गते नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको अडिटोरियम हलमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा यस नेपाल प्रहरी संघको ३९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

 

यस नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत मिति २०८०।०४।२७ गते शनिवार साँझ यस नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू , पदाधिकारी ज्यूहरु तथा सादरण सदस्य ज्यूहरु समेतको उपस्थितीमा श्री पशुपतिनाथको मन्दिरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न ।

 

 

मिती २०८०।०४।१७ गते यस नेपाल प्रहरी श्रीमती संघद्वारा नयाँ नेपाल समाज केन्द्र (बाल आश्रम) नयाँ बानेश्वरमा रहेका बालबालिकाहरुको लागि ट्रयाकसुट वितरण सम्पन्न ।

 

मिति २०८०।०४।१७ गते यस नेपाल प्रहरी श्रीमती संघकी अक्ष्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूको अध्यक्षतामा यस संघका पदाधिकारी ज्यूहरु तथा सदस्य ज्यूहरुको उपस्थितिमा संघको ३९ औं बार्षिक साधारण सभा सम्पन्न ।

 

मिति २०८०/०४/०४ गते विहिवार नेपाल प्रहरी श्रीमती संघ र मातृभुमी अभियानको संयुक्त आयोजना तथा नेपाल पुलिस स्कुल साँगा काभेपलान्चोकको समन्वय तथा व्यवस्थापनमा नेपाल पुलिस स्कुल साँगाको परिसरमा रहेको खाली जग्गामा "कागती वृक्षारोपण" कार्यक्रम सम्पन्न ।

मिति २०८०/०४/०१ गते यस नेपाल प्रहरी श्रीमती संघद्धारा नेपाल प्रहरी अस्पताल महाराजगंज सँग सहकार्य गरि श्रावण महिनाको पहिलो सोमबारको अवसरमा पशुपतिनाथ मन्दिरमा पाल्नुहुने श्रद्दालु भक्तजनहरुको लागि नि:शुल्क खानेपानी वितरण तथा प्राथमिक स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रम संचालन.

 

शुक्रबार यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा पुर्व अध्यक्ष ज्यूहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

 

मिति २०८०/०३/२६ गते मंगलबार यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) को समन्वय र व्यवस्थापनमा यस संघको अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूको प्रमुख आतिथ्यता तथा पदाधिकारी ज्यूहरुको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व)को खाली जग्गामा वृक्षारोपण कार्यक्रम सम्पन्न ।

 

मिति २०८०/०३/२० गते यस नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा नक्साल काठमाण्डौ र काठमाण्डौ उपत्यका प्रहरी कार्यालय कल्याण शाखा रानीपोखरी काठमाण्डौको सहयोगमा संचालित ३ (तिन) महिना अवधिको नि:शुल्क" सिलाई कटाई आधारभूत तालिम" समुद्घाटन कार्यक्रम सम्पन्न।

 

मिति २०८०।०३।१८ गते नेपाल प्रहरी श्रीमती संघको अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यू र स्टार हस्पिटल लिमिटेडका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन बिच नेपाल प्रहरीका बहालवाला प्रहरी परिवार, अमर प्रहरी परिवार, अशक्त प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारका आश्रीत सदस्यहरुलाई स्टार हस्पिटलमा उपलब्ध स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता कार्यक्रम सम्पन्न ।

 

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राविधिक सहयोगमा मिति २०८०/०३/१५ गते शुक्रबार जिल्ला रसुवा कालिका गाँउपालिका वडा नं.२ कालिकास्थान स्थित गाउँपालिकाको भवनमा "नि:शुल्क स्वास्थ्य शिविर" कार्यक्रम  सम्पन्न ।

 

सफा पशुपति- स्वच्छ पशुपति" भन्ने मुल नारा बमोजिम पशुपती क्षेत्र विकाश कोषद्धारा आयोजना गरिएको तीन महिने सरसफाई अभियान अन्तर्गत आज मिति २०८०/०२/१३ गते शनिवार श्री पशुपती नाथ क्षेत्र सरसफाईमा यस संघका पदाधिकारी ज्यूहरु तथा सदस्य ज्यूहरु सहभागी हुनु भएका केही झलकहरु .....
 

 

यस नेपाल  प्रहरी  प्रहरी श्रीमती संघको शाखा विस्तार गरि लुम्बिनी प्रदेश प्रहरी श्रीमती संघको विधिवत स्थापना ।

 

 

यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वर काठमाण्डौको सहकार्यमा मिति २०८०।०१।२७ गते बुधबार देखी संचालित ७ (सात) कार्य दिन अवधिको निःशुल्क उद्यमशिलता विकास तालिम मिति २०८०।०२।०३ गते यस संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूको उपस्थितिमा समापन भएको ।

 

 

यस नेपाल प्रहरी श्रीमती संघले नेपाल प्रहरीका वहालवाला प्रहरी , अमर प्रहरी, अशक्त प्रहरी र पुर्व प्रहरी परिवार तथा प्रहरी परिवारका आश्रीत सदस्यहरुलाई लक्षित गरी उद्यमशिलता र स्वरोजकार मुलक सीपको विकास गर्ने उदेश्यले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वर काठमाण्डौको सहाकार्यमा ७ (सात) कार्य दिन अवधिको उद्यमशिलता विकास तालिम आयोजना गरी मिति २०८०।०१।२७ गते समुद्घाटन भई संचालन भएको ।