प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित चार जना पक्राउ

२०८१-०३-१८

  • A
  • A-
  • A+
Share

मोरङ, कानेपोखरी गाउँपालिका-५ पुरानो भैसाबारी बस्ने ३२ वर्षीय भक्त बहादुर अधिकारी र उनकै श्रीमती ३० वर्षीया बिमला कार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी रमाईलोबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १६ मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-६ बस्ने २८ वर्षीय सन्दिप मगर र ३२ वर्षीय सबिन सुब्बा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०३-१८

कपिलवस्तु, बाणगंगा नगरपालिका-८ लौगाईस्थित बोड्गाउँ डिजि फेन्सीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय नबिन बेलबासेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विर्तामोड नगरपालिका-७ बस्ने ३३ वर्षीय सुरज लामा र विर्तामोड नगरपालिका-५ बस्ने २२ वर्षीय बिजय मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प २४४५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

१ किलो २ सय ४७ ग्राम ७६ मिलिग्राम कोकिनसहित दुई जना तानजेनियन नागरिक पक्राउ
२०८१-०३-१७

काठमाडौं महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिन १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्रामसहित २ जना तानजेनियन नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तानजेनियन नागरिकहरू ५२ वर्षीय RAMADHANI SIMBA MWABUMBA र ५६ वर्षीय TWALIB KIPEVU PASHUA रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०४ बाट RAMADHANI लाई जुसको बट्टाभित्र ३५ वटा क्याप्सुलमा रहेको ६ सय ६ ग्राम ५५ मिलिग्राम र सोही होटलको कोठा नम्बर २०५ बाट TWALIB लाई जुसको बट्टाभित्र ३७ वटा क्याप्सुलमा रहेको ६ सय ४१ ग्राम २१ मिलिग्राम कोकिनसहित पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१-०३-१७

सुनसरी, बराहक्षेत्र नगरपालिका-९ राजाबास बानडाँडाबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ३ सय ४० ट्याब्लेटसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरीले बराहक्षेत्र नगरपालिका-९ राजाबास बानडाँडास्थित २३ वर्षीय कन्चन राईको घर तलासी गर्ने क्रममा उक्त लागूऔषधसहित ती किशोरलाई पक्राउ गरेको हो ।यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ तिनकुनेबाट नियन्त्रित लागूऔषध स्पास्मो ३ हजार ५ सय ट्याब्लेट र ओपोट्याब १ हजार ७ सय ट्याब्लेटसहित सोही उपमहानगरपालिका-१७ बस्ने राजु साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीले विराटनगरबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-००२ ख०२६९ नम्बरको बसलाई जाँच गर्दा बसमा सवार राजुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ रजक जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम १ सय ३० मिलिग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-१ चौकी टोल बस्ने २६ वर्षीय दिवन बम्जन र सोही ठाउँ बस्ने २८ वर्षीय सुवास पौडेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी इनरूवाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।मोरङ, सुन्दरहरैचा नगरपालिका-४ बडराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३२ ग्राम ७ सय ४० मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-१५ घर भएका ४४ वर्षीय अमृत भुजेललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्र.१-०२-०५१ प ५३६६ नम्बरको स्कुटर, मोबाइल २ थान र नगद ६० हजार रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ । कपिलवस्तु, बाणगंगा नगरपालिका-८ लौगाईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय नबिन बेलबासेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रीत लागूऔषध ट्रमाडोल ९६ ट्याब्लेटसहित गोरखा पालुङटार नगरपालिका-५ बस्ने ३० वर्षीय शुभ प्रभात तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग.१ ख ४५६२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित ४ जना पक्राउ
२०८१-०३-१७

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १७ मिलिग्रामसहित सोही नगरपालिका-५ देबी बस्ती बस्ने ३६ वर्षीय सन्तोष राजवंशी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।धनुषा, जनकपुर उपमहानगरपालिका-१४ कार्यालय गेट अगाडि सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ६ सय ६० मिलिग्रामसहित जनकपुर उपमहानगरपालिका-२० रूपैठा बस्ने २६ वर्षीय अमित कुमार झालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३-००१ ख २५१४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।मकवानपुर, भिमफेदी गाउँपालिका-७ दमार कोगटे बस्ने ६१ वर्षीय बद्री बहादुर घागा मगरलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ४ किलो ६ सय मिलिग्रामसहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले उनको घरबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

२ सय ८ किलो ८ सय ४० ग्राम गाँजासहित पाँच जना पक्राउ
२०८१-०३-१६

बारा, सिम्रौनगढ नगरपालिका-५ ठुलो ईट्टवालबाट अवैध लागूऔषध गाँजा २ सय  १ किलोग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय सुजन अधिकारी र धादिङ ज्वालामुखी गाउँपालिका-१ बस्ने २३ वर्षीय रमेश नेपाली रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रनगौढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका-५ ठुलो ईट्टवाल बस्ने मनोज कुमार साहको घरमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले लागूऔषध ओसारपसारमा प्रयोग गरेको बागमती प्रदेश ०१-०२९ च ६७५२ नम्बरको पिकअप गाडी समेत बरामद गरेको छ । प्रहरीले हाल फरार मनोजको खोजी गरिरहेको छ । काठमाडौं महानगरपालिका-१६ बालाजु सुकुम्बासी टोलबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय २० ग्राम, नगद १ लाख ८० हजार ३ सय ५० रूपैयाँसहित सोही ठाउँ बस्ने मोरङ बेलबारी गाउँपालिका-६ घर भएकी ३० वर्षीया निकु राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको कोठाभित्र लुकाई छिपाई राखेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।पर्सा, वीरगंज महानगरपालिका-१६ ईनर्वा भन्सार मेनगेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ७ सय २० ग्राम सहित पर्सा जगरनाथपुर गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा र सशस्त्र प्रहरी बल नेपाल वीरगंज पर्साबाट खटिएको प्रहरीले ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा भारत पुर्वी चम्पारण मोतिहारी थाना भेलाही मुसहरवा-२ बस्ने २२ वर्षीय नवरेज आलमको समेत उक्त लागूऔषध ओसारपसारमा संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।