प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाउने दुई जना पक्राउ

२०८१-०३-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाएको अभियोगमा २ जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका-१ घर भएका ३३ वर्षीय बीर बहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका छन् ।

उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ मनोहरा-जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा लगाएको अनुसन्धानबाट खुल्न आएको छ । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट ३ जना बालिकाहरूलाई उद्दार गरेको छ ।

उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 


सम्बन्धित समाचार
भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ
२०८१-०३-३१

काठमाडौं, भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ बस्ने ३२ वर्षीय ङेमा लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-६ बाट पक्राउ गरेको हो । लामाले आफ्नो श्रीमती समेत कुवेतमा रहेकोले वर्किङ भिसामा क्लीनरको काममा लगाई दिने प्रलोभन देखाई  पीडितबाट ९५ हजार रूपैयाँ लिई २०८० कात्तिक ५ गते भिजिट भिसामा कुवेत पुर्‍याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एयरपोर्टमा देखाउने कागजातहरू समेत झुठ्ठा र फरक-फरक बनाई पठाएको, कुवेतको एयरपोर्टमा पुगे पश्चात पीडितलाई लामाको श्रीमतीले रिसिभ गरी कुवेती नागरिकको घरमा १ हजार १ सय ५० कुवेती दिनारमा बेचबिखन गरेको र कुवेती नागरिकले पीडितलाई बन्धक बनाई घरेलु कामदारको रूपमा राखी पारिश्रमिक समेत नदिई यौन शोषण तथा चरम श्रम शोषण गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बेचबिखन गर्ने उद्देश्यले नाबालिकालाई भारततर्फ लैजान खोज्ने दुई जना पक्राउ
२०८१-०२-२८

काठमाडौं, झुक्यानमा पारी बेचबिखन गर्ने उद्देश्यले एक नाबालिकालाई भारततर्फ लैजान खोजेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट दुप्चेश्‍वर गाउँपालिका-६ घर भई काठमाडौं तारकेश्‍वर नगरपालिका-७ बस्ने ३९ वर्षीय सम्बर बहादुर तामाङ र नुवाकोट तादी गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-२ बस्ने ३३ वर्षीया इन्दिरा कटुवाल (तामाङ) रहेका छन् । नाबालिकालाई बेचबिखन गर्ने उद्देश्यले काठमाडौंबाट मकवानपुर हुँदै भारततर्फ लैजान काठमाडौं फुटुङबाट ललितपुरको सुनाकोठी पुर्‍याएको भन्ने सूचनाको आधारमा मानब बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रहरी वृत्त चापागाउँसँगको समन्वयमा ललितपुर सुनाकोठीबाट पीडितको उद्दार गरी सम्बर बहादुरलाई शनिबार पक्राउ गरेको थियो । साथै उक्त घटनामा संलग्न इन्दिरालाई आइतबार काठमाडौं टोखा नगरपालिका-२ बाट प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूले पीडितलाई होटलमा वेट्रेसको काममा २० हजार रूपैयाँ तलब दिने र पछि तलब बढाउँदै लैजाने प्रलोभन देखाएको, कोही कसैले सोधेमा आफ्नो वास्तविक नाम, थर, ठेगाना नबताउनु व्यक्तिगत परिचय खुल्ने कागजात देखाउनु परेमा अर्कै ब्यक्तिको नागरिकता प्रयोग गर्नु भनी सिकाई ललितपुर सुनाकोठीसम्म पुर्‍याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउमध्ये सम्बर बहादुर यस अघि पनि मानब बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परी १० वर्ष कैद सजाय भुक्तान गरी २०८० वैशाखमा थुनामुक्त भएको खुल्न आएको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा महिला पक्राउ
२०८१-०२-१०

काठमाडौं, नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्‍मी लामालाई प्रहरीले पक्राउ गरेको छ ।लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ ।उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

विवाहको वहानामा चीन पुर्‍याइ मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ
२०८१-०२-०८

काठमाडौं, विवाहको वहानामा चीन पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा नुवाकोट किस्पाङ्ग गाउँपालिका-१ ठेगाना भई  चीनको Heilongjiang province को Harbin City मा बसोबास गर्ने ४३ वर्षीया मनमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२७ ठमेलबाट पक्राउ गरेको हो । मनमायाले पीडितलाई चिनियाँ नागरिकसँग विवाह गरेमा ५ वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै ललाई फकाई प्रलोभनमा पारेर चिनियाँ नागरिकसँगको मिलेमतोमा जिल्ला अदालत काठमाडौंमा लगि २०७९ चैत १३ गते चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराई २०८० वैशाख १ गते चीनमा पुर्‍याएर यौन शोषण एवम् वेश्यावृत्तिमा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । मनमायाले पीडितलाई नेपाली ५ लाख रूपैयाँमा बेचबिखन गरेको समेत खुल्न आएको छ । पीडितलाई वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा चीनस्थित नेपाली दुतावाससगँको समन्वयमा २०८० असार १ गते नेपाल फर्कन सफल भएका थिए । उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ । 

भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ
२०८१-०२-०७

काठमाडौं, वैदेशिक रोजगारीमा ओमान पठाईदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा  रूपन्देही रोहिणी गाउँपालिका-४ ठेगाना भएका ५१ वर्षीय समसुद्दिन खाँ पठानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पीडितको आफन्तको उजुरीको आधारमा आमानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-९ शिबचोकबाट पक्राउ गरेको हो । पठानले फ्रि भिसा र फ्रि टिकटमा ओमानमा मासिक ४० हजार रूपैयाँ पारिश्रमिक हुने प्रलोभन देखाएको, ओमान पठाईदिने भनि काठमाडौंबाट भारत पुर्‍याई भारतको मुम्बईबाट पीडितलाई २०७९ चैत ९ गते भिजिट भिसामा ओमान पुर्‍याएको र ओमान पुगेपछि ओमानी नागरिकको घरमा पुर्‍याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उक्त ब्यूरोको पहलमा पीडितलाई वैशाख १८ गते नेपाल फिर्ता ल्याइएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ । 

कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
२०८१-०२-०२

काठमाडौं, भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख नारायण नगरपालिका-९ घर भई काठमाडौं तार्केश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखा पालुङटार नगरपालिका-८ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय आयुष भन्ने आकाश बाबु विक रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोटबाट पक्राउ गरेको हो । उनीहरूले युएइ दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी कुवेत पुर्‍याई पीडितलाई घरेलु काममा लगाउनुको साथै शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएको खुल्न आएको छ । पीडितको आफन्तबाट प्राप्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट कुवेतस्थित नेपाली राजदुतावाससँगको समन्वयमा पीडितलाई वैशाख २७ गते नेपाल फिर्ता ल्याइएको थियो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।