अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८१-०५-२०
- A
- A-
- A+
भोजपुर, अरुण गाउँपालिका-३ प्याउली बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ७६ मिलिग्राम सहित भोजपुर नगरपालिका-९ बस्ने ३१ वर्षीय जसिन राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरीले धरानबाट चखेवातर्फ जाँदै गरेको बा.३ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१७ घारीपाटनबाट अवैध लागूऔषध गाँजा ३ किलो २ सय ग्राम सहित सोही ठाँउ डेरा गरी बस्ने नुवाकोट घर भएकी ३० वर्षीया रीता तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरीले उनको डेरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।