प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

२०८१-०७-०४

  • A
  • A-
  • A+
Share

पर्सा, वीरगंज महानगरपालिका-१७ अलौ चेक प्वाईन्टबाट अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्राम सहित पर्सागढी नगरपालिका-६ हरपुर बस्ने ३५ वर्षीय वैद्यनाथ प्रसाद यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले खजुरियाबाट भारततर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम सहित बाँसगढी नगरपालिका-६ दमौली बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

कैलाली, धनगढी उपमहानगरपालिका-२ स्थित बालाराम बाजुरा होटलबाट अवैध लागूऔषध चरेश २२ ग्राम ८ सय ४० मिलिग्राम सहित बैतडी पाटन नगरपालिका-१ बस्ने २५ वर्षीया अस्मिता बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, भजनी नगरपालिका-१ गोदाम टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय शुसील साउद र २७ वर्षीय बिरेन्द्र बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो ।

सर्लाही, ब्रहम्पुरी गाउँपालिका-५ सखुअवा बस्ने २१ वर्षीय पंकज साहलाई अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पर्साबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, गढी गाउँपालिका-३ चक्रघट्टी टोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सहित हाल वतन नखुलेका अखतर अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहवी समेतबाट खटिएको संयुक्त टोलीले को.१४ प ३२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक अन्सारीलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१७ शान्ति टोल बस्ने २९ वर्षीया सोफिया तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ धरान उपमहानगरपालिका-१४ बस्ने ४२ वर्षीय कमल कार्कीको रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी सुनसरी, इनरूवा नगरपालिका-६ हलेशी चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार २ सय ट्याब्लेट सहित हरिनगरा गाउँपालिका-२ बस्ने २३ वर्षीय दिनेश रामलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा को.१ च ५३८३ नम्बरको भ्यानलाई हाल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवार रामले बोकेको झोला भूइमा झरेको र मोटरसाइकल चालक फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त लागूऔषध फेला पारी रामलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय विनोद राई, ५६ वर्षीय राजेश क्षेत्री र २६ वर्षीय रोहित विश्वकर्मा रहेका छन् । विनोदको घरमा लागूऔषध बिक्री वितरण तथा सेवन भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले विनोदको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । 

बाँके, कोहलपुर नगरपालिका-८ सिक्टा नहरस्थित पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही नगरपालिका-८ पिपिरी बस्ने २४ वर्षीय शंखर यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण व्यूरो शाखा नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सप्तरी, सप्तकोशी नगरपालिका-१० गंगाजली पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६२ मिलिग्राम सहित कन्चनरूप नगरपालिका-५ धरमपुर बस्ने २२ बर्षीय प्रदिप यादवलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम सहित काभ्रेपलान्चोक साबिक भिमखोरी गाविस-८ बस्ने २६ वर्षीय होम कुमार मैनालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ७ जना पक्राउ
२०८१-०७-०९

कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ पाँच नम्बर गल्लीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश रामपुर ग्राम हाजिर नगर बस्ने २६ वर्षीय रिहान अली र २८ वर्षीय गुफरान अली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले युपी २२ एडि ७२६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित कोहलपुर नगरपालिका-८ बस्ने २४ वर्षीय उत्सब वलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेची पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३४ मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ गणेश मन्दिर बस्ने २२ वर्षीय सुमित रोय र सोही नगरपालिका-६ बस्ने २४ वर्षीय अभियान साह रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-२ जब्दीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार घर भएका २५ वर्षीय कौशल अली र सुनसरी कोशी गाउँपालिका-५ बस्ने २१ वर्षीय अरबाज आलम रहेका छन् । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले प्रदेश १-०४-००२ प १२०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०७-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित जंगल छेउबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५ किलोग्राम सहित सोही उपमहानगरपालिका-३ बसामाडी बस्ने २४ वर्षीय पन्चलाल थिङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको प्रदेश ०१-०२५ च ७८७१ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्ने क्रममा ३ वटा बोराभित्र १० वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडीमा सवार उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ स्थित कारागार सुरक्षा गार्ड कञ्चनपुरमा थुनुवा भेट्न आएका भिमदत्त नगरपालिका-८ बस्ने २२ वर्षीय तेजेन्द्र महरालाई अवैध लागूऔषध चरेश ३ ग्राम ४० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले ल्याएको स्याउको दानाभित्र लुकाई ल्याएको उक्त पदार्थ फेला पारी प्रहरीले पक्राउ गरेको हो ।   यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ भगतपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय दिनेश कठायतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१ अत्तरियास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित चुरे गाउँपालिका-३ बस्ने २१ वर्षीय निराजन शाहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, चुरे गाउँपालिका-३ खानीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित डोटी जोरायल गाउँपालिका-२ भट्टेखोला बस्ने २४ वर्षीय दिपक बिष्ट र २४ वर्षीय गोबिन्द बिष्टलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट खानीडाँडाबाट खटिएको प्रहरीले धनगढीबाट बैतडी जान लागेको सु.प.प्र.०१ ००१ ज १४३४ नम्बरको जिपमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टिकापुर नगरपालिका-२ बिजयनगर बस्ने २३ वर्षीय मखन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४३ ग्राम ५० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सर्लाही, मलंगवा नगरपालिका-११ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित हरिपुर नगरपालिका-१ बस्ने २२ वर्षीय सुलिन्द्र महतो कोईरी समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले प्रदेश २-०३-०२२ प ०७६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८१-०७-०८

मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३५ ट्याब्लेट सहित सोही महानगरपालिका-५ बस्ने २२ वर्षीय दिपेश शर्मालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बैतडी, पाटन नगरपालिका-६ स्थित सुर्नाया नदीको पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-४ खोल्सी बस्ने २१ वर्षीय नरेश बिकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८१-०७-०७

दाङ, घोराही उपमहानगरपालिका-१३ डुमरगाउँस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा, रोल्पा नगरपालिका-५ जेदवाङ बस्ने २६ वर्षीय शिवशेष महरा र बाँके कोहलपुर नगरपालिका-४ विद्यानगर घर भएका २९ वर्षीय त्रिलोक केसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बा.प्र.०२-०३६ प २७१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०७-०७

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध नुफिन ५ सय ९३ एम्पुल, फेनारगन ५ सय एम्पुल, र डाईजेपाम ६ सय ८८ एम्पुल सहित रौतहट गुजरा नगरपालिका-३ बलुवा घर भएका २० वर्षीय नासिम शेखलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज १९९० नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१५ अकलघरवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका बस्ने २६ वर्षीय सुसिल कुमार थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पाँचथर, फिदिम नगरपालिका-२ साम्दिनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम र मोबाइल १ थान सहित सोही नगरपालिका डेरा गरी बस्ने भोजपुर अरूण गाउँपालिका-५ घर भएकी २४ वर्षीया अर्चना राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।