जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०१-२५
- A
- A-
- A+
पर्वत, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फलेवास नगरपालिका-६ साङ्खोला बस्ने ३५ वर्षीय सूर्य नेपालीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
नेपालीले ती बालिकालाई आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।