प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२-०१-२५

  • A
  • A-
  • A+
Share

धनुषा, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी जनकपुरधाम उपमहानगरपालिका-२३ बस्ने ५५ वर्षीय रामदहिन महतो भन्ने गुजरा महतोलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

महतो समेतले गत चैत २ गते चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय आशु यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको र सोही ठाउँ बस्ने रूपेश कुमार यादव घाइते भएको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले धनौजी गाउँपालिका-४ बाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।