जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०१-२९
- A
- A-
- A+
सुर्खेत, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-३ पंचकोशी संगमटोल बस्ने ६० वर्षीय गगन कामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गगनले ती बालिकालाई गत चैत १३ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।