लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०१-२९
- A
- A-
- A+
काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-४ बस्ने ३१ वर्षीय ईन्द्र प्रसाद कपालीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७७ पुस १५ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय र १ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-४ बाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।