अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०१-३०
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलो १ सय ७० ग्राम सहित भारतीय नागरिक २५ वर्षीय ABHIUDAY PAHUNE सोमबार दिउँसो पक्राउ परेका छन् । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला परेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट अवैध लागूऔषध खैरो हेरोइन करिब १२ ग्राम २ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१ बस्ने भारत उत्तर प्रदेश घर भएका ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मुजमिल्ल अन्सारी रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।