प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०१-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, ३१ वैशाख

गुल्मी, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ बडिगाड गाउँपालिका-९ खहरे बस्ने १९ वर्षीय हिरा कामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हिराले ती बालिकालाई रेसुङ्गा नगरपालिका-२ बाख्रेछेडामा शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

तनहुँ, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१ अल्छिबिसौना बस्ने ७२ वर्षीय केशवराज पौडेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । केशवराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०८-१८

बर्दिया, ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-७ सिउनिया बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रशान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाम, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माङसेबुङ गाउँपालिका-२ इभाङ बस्ने ४० वर्षीय राजिन कामीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राजिनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी इभाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।