अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०१-३०
- A
- A-
- A+
काठमाडौं, ३१ वैशाख
ललितपुर, बागमती गाउँपालिका-२ छपेलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ६ ट्याब्लेट र नगद ३५ हजार ३ सय ३० रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-८ घर भएका ३१ वर्षीय विकेश स्याङ्तान र सोही गाउँपालिका-४ घर भएका ३२ वर्षीय दिनेश बहादुर बोम्जन रहेका छन् । प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले मकवानपुरबाट ललितपुरतर्फ आउँदै गरेको बा.८० प ३३६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल र नोर्फिन २ सय एम्पुल सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका-१ सेकरपुर बस्ने १९ वर्षीय अखिलेश कुमार यादव, २२ वर्षीय शिव पत्तरकट र सरावल गाउँपालिका-२ बस्ने १९ वर्षीय सन्दिप चौहान रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको गण्डकी प्रदेश ०३-००१ ख ००२२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-११ भुजेलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-५ बस्ने २७ वर्षीय अनिल पहरी र २२ वर्षीय आकाश लुहार रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले डिएल ४ एचबि २६१३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीको होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय रबिन्द्र चन्द र २२ वर्षीय चेतन चन्द रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रूपमा खटिएको प्रहरीले सु.प. प्र.०२-००३ प ३८९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट लिखु गाउँपालिका-५ बस्ने २८ वर्षीय दिपेश श्रेष्ठ र सोही गाउँपालिका-६ बस्ने २८ वर्षीय राजेन्द्र डंगोल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिराहा लहानदेखि काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७३०३ नम्बरको हाइसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-२ बालकोटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३२ मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका २७ वर्षीय हरीनाथ कोईरालालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ताबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९ एम्पुल , फेनारगन ९ एम्पुल र बुप्रेनोर्फिन ९ एम्पुल सहित सोही नगरपालिका-१३ बस्ने २१ वर्षीय पारस राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको ना.१ ज ६८९३ नम्बरको विङगरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।