अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८२-०१-३०
- A
- A-
- A+
बर्दिया, ३१ वैशाख
बढैयाताल गाउँपालिका-२ स्थित चार नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ चादनी चोक बस्ने ३७ वर्षीय चन्द्र बहादुर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।