चोरी र लिखत सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०१-३०
- A
- A-
- A+
काठमाडौं, ३१ वैशाख
चोरी र लिखत सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-४ खोरीयागाउँ बस्ने २६ वर्षीय शिल बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
शिल बहादुर भएको चोरी र लिखत सम्बन्धी कसूर मुद्दामा उच्च अदालत पाटनको २०८० जेठ ५ गतेको फैसलाले ६ महिना कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर पेश गरिएको छ ।