प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ

२०८२-०१-३१

  • A
  • A-
  • A+
Share

  बाँके, बैजनाथ गाउँपालिका-३ पितमारीस्थित बालसुधार गृह नौबस्ता बाँकेको ए ब्लकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित कोहलपुर नगरपालिका-११ बस्ने १९ वर्षीया संगीता थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । बालसुधार गृहको भेटघाट कक्षमा बालबिज्यकर्तालाई भेट्न आएकी संगीतालाई उक्त पदार्थ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २२ वर्षीय दिपेश डगौरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ८० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोक बस्ने २५ वर्षीय सन्दिप श्रीवास्तवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, गौरीगंज गाउँपालिका-३ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ग्राम ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट, नगद २ लाख ४३ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत किसनगंज खनियाबाद-७ फुलबरिया बस्ने १९ वर्षीय मोनाजिर आलम, भारत किसनगंज खनियाबाद-५ फत्तेपुर बस्ने ५८ वर्षीय भोला ठाकुर र दमक नगरपालिका-५ बस्ने ४१ वर्षीय संजय भन्ने भुपेन्द्र राई रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ना.१ च ९१६२ नम्बरको कार र बीआर ३७ एजे ९९५२ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

यसैगरी झापा, बिर्तामोड नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ २ सय ४० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-१ बस्ने २५ वर्षीय सलिम खान भन्ने महमद सलाम देवान, २९ वर्षीय विशाल शाक्य र इलाम माई नगरपालिका-८ रातेखोला बस्ने २७ वर्षीय श्री प्रसाद आङदेम्बे रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-६ डेरा गरी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ घर भएका २३ वर्षीय दिनेश लामा समेत २ जनालाई अवैध लागूऔषध पोल्याण्ड ८ सय ४० ग्राम, खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ५० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामानिल ४ सय ५१ ट्याब्लेट, नाइट्राजेपाम १ हजार १ सय ९० ट्याब्लेट, नाइट्राभेट ७२ ट्याब्लेट,  मोबाइल २ थान र नगद ७ हजार रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो ।  

यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-९ बोडेबाट अवैध लागूऔषध पोल्याण्ड ४ सय ६६ ग्राम, नियन्त्रित लागूऔषध स्पास्पेन ४ सय ५० ट्याब्लेट, ट्रामाडोल १ सय ८० ट्याब्लेट, स्टागन १ सय ७३ ट्याब्लेट, मोबाइल ३ थान र नगद ५ हजार रूपैयाँ सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-८ घर भएका २५ वर्षीय स्वदेश राई, सोही ठाउँ बस्ने काभ्रे रोशी गाउँपालिका घर भएका २९ वर्षीय छिरीङ लामा, २५ वर्षीय अमिर बस्नेत, मध्यपुर थिमी नगरपालिका-७ धुन्चेपाखा बस्ने २१ वर्षीय सम्राट राई र काठमाडौं कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-३ घर भएका २७ वर्षीय विकास लामा रहेका छन् । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले स्वदेशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहिया गाउँ बस्ने ३४ वर्षीया रादिया खातुन समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ४० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-२१ परवानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम सहित सोही महानगरपालिका-१६ बस्ने २२ वर्षीय मुस्तफा अंसारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले बीआर ०६ सिटि ०८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

चितवन, कालिका नगरपालिका-४ हाइस्कुल चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम २ एम्पुल, प्रोमेथाजाइन ८ एम्पुल, बुप्रेनोर्फिन ८ एप्पुल, सिरिन्ज ४७ थान र नगद १० हजार ४ सय ९५ रूपैयाँ सहित सोही नगरपालिका-५ बस्ने २७ वर्षीय कमल चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ बेनीघाट रोराङ गाउँपालिका-७ बस्ने ३२ वर्षीय विजय गुरूङ र भरतपुर महानगरपालिका-२० बस्ने २७ वर्षीय अनिल थापा रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले ग.१ ख ५५९२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक विजय र सहचालक अनिललाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा इच्छाकामना गाउँपालिका-६ पाँच किलोस्थित सोही नगपालिका-६ बस्ने ३४ वर्षीय फुलमाया गुरूङ र सोही नगरपालिका-४ बस्ने ३७ वर्षीय सन्जु गुरूङले सञ्चालन गरेको युनिस खाजा घरमा लागूऔषध बेचबिखन गरिरहेको खुल्न आएपश्चात प्रहरीले उक्त खाजा घर तलासी गर्दा करिब १ किलोग्राम गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको   छ । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १८ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-५ बस्ने २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभर रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म.१ प २१८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित बेलवारी नगरपालिका-७ बस्ने २२ वर्षीय रोशन राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-११-२८

काठमाडौं, काठमाडौं महानगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही महानगरपालिका-६ महांकाल बस्ने मोरङ घर भएका २८ वर्षीय सुजन स्याङ्बोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-११ लोकनगर बस्ने २३ वर्षीय लक्षु विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिमपुर खिरी पलिया बस्ने ३७ वर्षीय मनुवर अलि र ३९ वर्षीय महम्मद असरफ अली रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, दुहबी नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ट्याब्लेट र स्पास्पेन ६ हजार ४ सय ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गढी गाउँपालिका-३ बस्ने ५४ वर्षीय पवन लाल थारू र इटहरी उपमहानगरपालिका-११ बस्ने ३३ वर्षीय महमद अवजल रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.५ प ८०९७ नम्बर र को.११ प २९०१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, प्रोमेथाजाइन १९ एम्पुल र बुप्रेनोर्फिन १९ एम्पुल सहित धनकुटा सहिदभूमी गाउँपालिका-४ बस्ने २४ वर्षीय प्रज्वल राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख ३३३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-६ बनकट्टाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बसपार्क बस्ने २२ वर्षीय भुपेन्द्र श्रीस मगर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी दाङ, लमही नगरपालिका-३ टिकुलीगढबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय माधव चौधरी समेत ४ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले माधवको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । रूपन्देही, सियारी गाउँपालिका-२ सेमराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम र नगद ३२ हजार रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-३ कमहरिया बस्ने ३२ वर्षीय अमेरिका केवट र सोही गाउँपालिका-२ कलीकमहवा बस्ने २९ वर्षीय भान प्रकास मल्लाह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.६२ प ८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-११-२७

काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकस्थित गुरूङ्ग्स गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही ठाउँ बस्ने झापा गौरादह नगरपालिका-५ घर भएका ३५ वर्षीय बिकास बिष्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउसको ३११ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही नगरपालिका- १२ कालीझोडा बस्ने २४ वर्षीय रञ्जन सुब्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, बाह्रदशी गाउँपालिका-६ पचासबिघेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-८ गरामनी बस्ने २१ वर्षीय बसन्त न्यौपाने र सोही नगरपालिका-६ स्यालडांगी बस्ने २५ वर्षीय राहुल लुईटेल रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई समेत नियन्त्रणमा लिएको छ ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ पुष्पलाल पथ डेरा गरी बस्ने सोही नगरपालिका-१० घर भएका २७ वर्षीय अर्मान अलिलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-६ पानबारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४० ट्याब्लेट र डिकोलिक २ सय ३५ ट्याब्लेट सहित ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-६ बस्ने २७ वर्षीय युबराज लिम्बु, २० वर्षीय उत्सब विक, २६ वर्षीय सौगात कटुवाल र २६ वर्षीय रूपेश राई रहेका छन् । प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-६ ङ गाँउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार बस्ने ४३ वर्षीय हर्क बहादुर खड्का र जानकी गाउँपालिका-७ पठरैया बस्ने ३० वर्षीया मिना राजी रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ६९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-११-२६

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ७० मिलिग्राम सहित मधुबन नगरपालिका-७ शुक्रबस्ती बस्ने २६ वर्षीय गौरब पुन मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्दपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, कमल गाउँपालिका-६ गुवाबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.११ प ६०५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इनरुवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम २ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१८ बस्ने २९ वर्षीय जेम्स राई र सोही उपमहानगरपालिका-१७ बस्ने २९ वर्षीय सिद्धार्थ चौधरी रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले लौकहीबाट पकलीतर्फ जाँदै गरेको को. ३१ प ३२५५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक जेम्स र मोटरसाइकलमा सवार सिद्धार्थलाई पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-७ डाँडापातु बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा. ७६ प १७१७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीबाट अवैध लागूऔषध गाँजा १ सय ७ किलो ९ सय १० ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-६ धुसराङ बस्ने ३३ वर्षीय सन्त सिंह लामा र सोही गाउँपालिका-२ बस्ने ३० वर्षीय सन्तवीर मोक्तान रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले देवकोटबाट सिमपानीतर्फ आउँदै गरेको बा.प्र ०३-००१ ह २०७६ नम्बरको अटोलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी अटो चालक सन्त सिंह र अटोमा सवार सन्तवीरलाई पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने ३१ वर्षीय प्रतिक चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१९ धामी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय बिवेक चौधरी, सोही उपमहानगरपालिका-१२ जुगेडा बस्ने २५ वर्षीय नमराज बराईली र २७ वर्षीय छत्र बहादुर विक रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ अमौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित जानकी गाउँपालिका-२ परागिपुर बस्ने २७ वर्षीय रमेश दर्लामी मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-११ सिद्धनगर डेरा गरी बस्ने २८ वर्षीय गोबिन्द सुनारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ शान्तिवनबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ४ सय ८२ एम्पुल, डाईजेपाम ४ सय ६० एम्पुल र फेनारगन ४ सय ८१ एम्पुल सहित सोही ठाउँ बस्ने ४३ वर्षीय सुनिल कमरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-११-२६

बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट अवैध लागूऔषध गाँजा १२ किलो २ सय ३० ग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जीतपुर सिमरा उपमहानगरपालिका-१९ ईनर्वा सिरहा बस्ने ३५ वर्षीय फिरोज देवान र रौतहट गौर नगरपालिका-९ बस्ने १९ वर्षीय तरबेज आलम रहेका छन् । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले ग.६ प ८८५१ नम्बरको मोटरसाइकलमा सवार फिरोजलाई ६ किलो ४ सय ५० ग्राम र मधेश प्रदेश ०३-०३८ प १२०९ नम्बरको मोटरसाइकलमा सवार तरबेजलाई ५ किलो ७ सय ८० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।चितवन, भरतपुर महानगरपालिका-१८ लाहुरेचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २० ट्याब्लेट सहित सोही महानगरपालिका-२३ जगतपुर बस्ने २९ वर्षीय सोम पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।