प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विद्युतीय अपराध सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

२०८२-०२-०१

  • A
  • A-
  • A+
Share

संखुवासभा, विद्युतीय अपराध सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा सुनसरी हरिनगर गाउँपालिका-१ घर भएका २५ वर्षीय जुबेर आलम मियालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

  मियाले सामाजिक सञ्‍जाल टिकटकमा पीडितको अश्लिल फोटो तथा भिडियो गत २५ गते पोष्ट गरी विद्युतीय अपराध सम्बन्धी कसूर गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको समन्वयमा इटहरी उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत संखुवासभा चैनपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।